• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माघीको अवसरमा दियो नेकपा दाङले शुभकामना




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले माघी पर्वका अवसरमा शुभकामना दिएको छ । सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने पर्वका रुपमा रहेको माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुन(सुवास)ले बुधबार विज्ञप्ती जारी गर्नुभएको छ ।
खड्का र पुनले जारी गर्नुभएको विज्ञप्तीमा नेपाली समाजमा रहेका विभिन्न चाडपर्व मध्य मकर संक्रान्ती अर्थात माघी पर्व पनि लोकपृय रहेको उल्लेख गरिएको छ । ’विविधतायुक्त हाम्रो समाजमा विभिन्न चाडपर्वलाई महत्वका साथ मनाउने क्रममा थारु र मगर जातीले विशेष महत्वका रुपमा मनाउने र अन्य जात जातिका लागि पनि महत्वपूर्ण रहेको माघीको शुभकामना व्यक्त गर्दछौं ।’ उहाँहरुले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

दाङ जिल्लामा रहेका थारुहरुले माघीलाई बिषेश रुपमा मनाउने उल्लेख गर्दै नेकपा दाङका अध्यक्ष र सचिवले माघी पर्वले सवै जात जाति र भाषा भाषिलाई जोडन सकोस भन्ने शुभकामना दिनुभएको छ । दाङ जिल्ला कला, संस्कृति र परम्पराका हिसावले अव्वल रहेको उल्लेख गर्र्दै उहाँहरुले थारु राजा दंगिशरण लगायत दाङलाई उर्वर बनाउनका लागि भूमिका खेल्ने सवैलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

पछिल्लो एक बर्ष यता विश्वमा महामारीका रुपमा देखिएको कोरोनाका कारणले गर्दा चाडपर्वलाई पनि संकुचनमा पारेकाले सवैलाई स्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउनका लागि पनि उहाँहरुले अनुरोध गनुृभएको छ । आफ्नोे धार्मिक र सांस्कृतिक मान्यताकालाई जोगाउँदै माघी मनाउनुपर्ने अवस्था रहेको भन्दै अनावश्यक होहल्ला गर्ने, भिडभाड गर्ने जस्ता कृयाकलाप नगर्नका लागि अनुरोध गर्दै माघी पर्वले सवैलाई एकताको सुत्रमा बाध्न सकोस भन्ने शुभकामना दिनुभएको छ ।

Facebook Comments