• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय युवा संघ दाङको स्थानीय तहसम्म एकता, यस्तो छ नयाँ जिम्मेवारी




नेकपा कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल)निकट राष्ट्रिय युवा संघ दाङको एकता प्रक्रिया स्थानीय तहसम्म टुंगो लगाइएको सो संगठनले जनाएको छ ।
संघका इञ्चार्ज सरोज पन्त, संयोजक प्रेम बुढा र सहसंयोजक माधव बुढाथोकीले हस्ताक्षर गरेको निर्णयको प्रतिलिपी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाइएको छ ।

जसअनुसार ७० सदस्यीय जिल्ला समिति रहेको छ भने दश वटै स्थानीय तहमा संयोजक र सहसंयोजक टुंगो लागेको छ ।

घोराही उपमहानगर संयोजकमा कुशल बुढा र सहसंयोजक पुष्प बिक, तुलसीपुर संयोजकमा जीतबहादुर ओली र सहसंयोजक हेवेन्द्र शाही, बबइ संयोजकमा टोपेन्द्र थापा र सहसंयोजक प्रेम केसी, शान्तिनगर संयोजकमा दीपक परियार र सहसंयोजक कुमार केसी, बंगलाचुली संयोजक प्रेम सारु मगर र सहसंयोजक तिलक बिक, लमही संयोजकमा हुर्मत गिरी र सहसंयोजक प्रेमप्रसाद पुलामी, गढवा संयोजकमा गोविन्द रोका र सहसंयोजक केशु चौधरी, राजपुर संयोजकमा वीरेन्द्र ठेडी मगर र सहसंयोजक दीपक चौधरी तथा राप्तीमा संयोजक दीपक पुन र सहसंयोजक निर्शग शाह रहनुभएको छ ।

Facebook Comments