• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद कामी बुढा पार्कमा वृहत खेलकूद शुरु




पापिनि मेला तथा माघे संक्रान्तिको अवसरमा मुसीकोट नगरपालिका १० स्थित सहिद कामी बुढा पार्कमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएका छन् ।

सहिद कामि बुढा, विजय छहरा युवा क्लवले खुला वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल, लोक दोहोरी, घैटोफोर, परम्परागत पापिनि नाच, पैसेरु नाच, मयुर नाच लगायतका खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरु आयोजना गरेको छ ।

आज एक कार्यक्रमका विच वडाध्यक्ष गोप्यश्वर केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । पुरुष भलिबलको प्रथमले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार पुरस्कार प्राप्त गर्ने छ । महिला भलिबलको प्रथम पुरस्कार ७ हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार ५ सय तोकिएको छ ।

पुरुष भलिबलमा रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका गरी १७ वटा टिम रहेका छन् । महिला तर्फ दर्ता हुने क्रम चलिरहेको आयोजक क्लवका सल्लाहकार लोकेन्द्र कठायतले जानकारी दिनुभयो । प्रतियोगिता माघ १ गतेसम्म संचालन हुने उहाँले बताउनुभयो । हरेक वर्ष परम्परागत पापिनि मेला र माघे संक्रान्तिको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

क्लबका सचिव खगेन्द्र रोकायको अध्यक्षतामा शुरु भएको कार्यक्रम सञ्चालन सल्लाहकार लोकेन्द्र कठायतले गर्नुभएको थियो भने स्वागत सल्लाहकार जोहन कठायतले गर्नुभएको थियो । कार्यक्रम माघ १ गतेसम्म सञ्चालन हुने छ ।

नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जन्मस्थल खर्सुपानीमा सहिद कामी बुढा पार्क निर्माण गरेर परम्परागत मेलाको सन्दर्भमा पारेर सहिदहरुको सम्मानमा हरेक बर्ष माघे संक्रान्तिको अवसरमा कार्यक्रम गरिदै आएको छ ।

२०१० सालमा तत्कालीन सरकारद्वारा हत्या गरिएको कामी बुढा तथा जनयुद्धको दौरानमा यो वडाबाट सहिद भएका चक्रराम बुढा (छहरा) र देबीलाल परियार (बिजय)को स्मृतिमा सहिद कामी बुढा, बिजय छहरा युवा क्लब स्थापना गरेर सोही क्लबमार्फत कार्यक्रम गरिदै आएको छ ।

Facebook Comments