• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकासको बाधक भौगोलिक बिकटता, सुनछहरी गाउँपालिका पशुपालनका लागि उत्तम




रोल्पाको सुनछहरी गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ हो । अति दुर्गम क्षेत्रको रुपमा चिनिने यो पालिकामा प्रसस्त मात्रामा वनजंगलहरु रहेका छन् । यो ठाउँमा प्रायः वनजंगलहरु भएकाले पशुपालनका लागि उत्तम क्षेत्र मानिन्छ ।

भौगोलिक बिकटता भएको यो ठाउँका कतिपय मानिसहरु जीवन निर्बाह खेतीमा निर्भर रहेका छन् भने कतिपय मासिनहरु पशुपालन तथा जीविकोपार्जन कृषि खेतीमा आवद्ध भएको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुनले बताए ।

यो पालिकामा धेरै वनजंगल भएकाले पशुपालनको लागि धेरै राम्रो ठाउँ भएको बसेत बताए । पालिका क्षेत्रभरि भौगोलि विकटता भएका कारण कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ र त्यहाँका मानिसहरुका लागि के गर्दा उत्पादनमा जोड्न सकिन्छ भनि निश्चित क्षेत्रहरु पलिकाले बजेट छुट्याइ अनुदान दिने गरेको उनको भनाई छ ।

पालिकाको भित्री गाममा भेडा पालनका लागि २० लाख, सेरममा बाख्रा पालनका लागि १५ लाख र जेलबाङमा बंगुर पालनका लागि २० लाख रकम बजेट छुट्याइ सोही ठाउँमा समूहगत रुपमा अनुदान स्वरुपमा भेडा, बाख्रा र बंगुर उपलब्ध गराउदै आएको पनि उनले बताए । अधिकृत पुनका अनुसार पालिकाको जैमाकसलामा मैरी पालन र बाहिरी गाममा आलु पकेट क्षेत्रमा प्रधानमन्त्री कुषि आधुनिकरण संघबाट २५ लाख बजेट प्राप्त भएको बताए । पालिकाका भित्र रहेका हरेक क्षेत्रमा पकेट एरिया छुट्याएको र त्यही पकेटमा उत्पादन गर्नसकिने खालका कार्यक्रमहरु लागु गर्दै आएको उनले बताएका हुन् ।

त्यसैगरी भौगोलिक बिकटता कारण पालिकाको २ र ३ नं. वडाको बाहिरी गाम र ६ नं. वडाको भित्री गाम, फगाममा सडक निर्माण कार्य ७५ प्रतिशत मात्र काम सम्पन्न भएको र २५ प्रतिशत सडक निर्माण गर्न अझै बाँकी रहेको उनले बताएका छन् । बिटक पालिका भएका कारण अधिकांश बजेट सडकमा निर्माण कार्यमा खर्च हुने गरेको बताए । पालिकाको आफ्नै भवन नहुँदा कार्यालय व्यवस्थापनमा अप्ठारो भएको र ४ करोड ९८ लाखमा पालिकाको भवन निर्माण कार्यसुरु भएको उनको भनाई छ ।

अधिकृत बीरबहादुर पुनका अनुसार ५ सय जना मानिस अट्नसक्ने क्षमताको बहुउद्देश्य हल निर्माण कार्य सम्पन्न भएको र विस्तारै खेलकूद मैदान, विद्यालयका भवनहरु क्रमशः बन्दै गरेका छन् । पालिकाको २ नं. वडा बाहेक सबै वडामा आधारभूत स्वास्थ्यचौकी रहेको भएतापनि करारमा स्वास्थ्यचौकी चलिरहेको उनले बताए । साथै पालिकाले सर्वसाधारण नागरिकमा स्वास्थ्यको पहँुच रहनेगरी ५ शैयाको हस्पिटल सम्पन्न गरेको र यो पालिकाको भूसंरचनाको कडा चट्टानको स्वरुपमा भएको हुँदा विकास निर्माण कार्यहरु गर्न निकै कठिन हुने गरेको समेत उनको बताएका हुन् ।

त्यसैगरी गाउँपालिकाले पर्यटनको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि सुनछहरी झरणाको डिपीआर भइसकेको पालिकाले जानएको छ । पर्यटकहरुको सहजताको लागि जेलबाङमा होमस्टे सञ्चालन भइरहेको र जलजला पुग्नको लागि जलजला गुरिल्ला ट्रयाक पनि निर्माण भइरहेको गाउँपालिकाले जनाएको हो ।

Facebook Comments