• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संकटको बेलामा एक ढिक्का बन्न नेकपाका नेता चौधरीको आग्रह




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, मेटमणी चाैधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैकाे पर्खाइमा नबस्न आग्रह गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङको राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै सदस्य चाैधरीले पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खाेज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,-। `संकटको घडीमा सामना गर्नुपर्ने समय आएकाे छ । प्रधानमन्त्री केपी वलिले कुठाराघात गर्ने काम गरेको छन् ।´ यस विरूद्वमा हामी एकजुट भएर लाग्न सदस्य चाैधरीले कार्यकर्तालाई आग्रह गर्नुभयो । सदस्य चाैधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल दाङ निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडे जमानत जफ्थ गरिदिने भन्नुभयो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय, लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित चाैधरीले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी वलीले सांसद विगठन गरेको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै, प्रदेशसभा थारूले प्रधानमन्त्रीले मारेको सांसदलाई पुन विउताउने कार्यकर्तालाई विश्वास दिलाउनुहुँदै, जनताले पाएकाे घरदैलोकाे अधिकार भंग गरेको बताउनुभयो । प्रधानमन्त्री वलिले संविधान भन्दा बाहिर रहेर जनतामाझ भ्रम छर्ने काम गरेको प्रदेशसभा सदस्य थारूले भन्नुभयो ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीका अध्यक्ष बसन्त नेपालीले देशमा समृद्ध, शुसान आउने बेला प्रधानमन्त्री केपी वलिले कुर्सीकाे लागि सांसद विगठन गरेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयाेजना गरेको लालमटियामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपालीको सभापतित्व एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीकाे प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूकाे विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष धर्मराज अधिकारी, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भुवण्डव केसी, राप्ती गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष जगतबहादुर थापा, नेकपाका युवा नेता श्यामेस चाैधरी लगायतका बक्ताले बाेल्नु भएको थियो ।

राजपुर गाउँ कमिटी सचिवालय सदस्य रामप्रसाद यादव, स्थानीय नेता श्यामेस चाैधरी, कृष्ण गिरी, दिपक चाैधरी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैसी, युवा नेता माेहम्मद याकूब लगायतकाे उपस्थिति रहेको थियोे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बरका युवा नेता जगत खनालकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण गिरिराज पाैडेलले गर्नुभएको थियो ।।

Facebook Comments