• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेफेजद्वारा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धि प्रतिवेदन सार्वजनिक




वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतीलाई तत्काल संस्थागत गर : अध्ययन रिपोर्ट
पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अमलेखगञ्ज खण्डमा यही पुस १८ गते (शनिबार) गाडीको ठक्करबाट विश्वकै दूर्लघ पाटेबाघ मारिएको छ । दूर्घटनामा परेर बाघ मरिएको यो तेस्रो घटना हो । बाघ मात्र होइन अन्य धेरै प्रजातीका वन्यजन्तु बर्षेनी यस्तै दूर्घटनाबाट मरिरहेका छन् । वन्यजन्तु मात्र होइन देशका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानहरुमा यात्रा गर्दा वन्यजन्तुको आक्रमणबाट मानविय क्षति पनि भइरहेको छ । दुवै तर्फको क्षति बर्षेनी बढिरहेको छ जुन कुरा अध्ययनका क्रममा प्राप्त तथ्याङहरुले पुष्टि गरेका छन् । रेखिय वा लामो प्रकृतिको पूर्वाधारहरु (सडक, सिंचाई, प्रसारणलाइन, रेलका लिंकलगायत) निर्माण गर्दा अपनाउनु पर्ने सावधानी र वातावरणीय पक्षहरुप्रति ख्याल नगर्दा यस्ता दूर्घटनाहरु बर्षेनी थपिदै गएका छन् ।

यस्ता घटनाबाट मुलुकले एकातिर जैविक विविधता संरक्षणका क्षेत्रमा गरेको खर्च खेर गइरहेको छ भने अर्को तर्फ संरक्षणमा हालसम्म प्राप्त उपलब्धी पनि मासिने क्रम बढाएको छ । संरक्षणका क्षेत्रमा हालसम्म कमाएको अन्तराष्ट्रिय छवि र पर्यटन क्षेत्रलाई समेत यस्ता घटना असर गरिरहेका छन् ।

त्यसैले नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले यस मुद्दा वा समस्यालाई सम्बोधन गर्ने गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले कोरोनाकाल (लकडाउन)को प्रभाव नगरी तीन महिना लगाएर एउटा स्थलगत अध्ययन गरेको छ । सम्बन्धित क्षेत्रका विज्ञ र पत्रकारहरुको संयुक्त टोलीले साढे तीन महिना लगाएर यो अध्ययन गरेको थियो । समुहले तराईका बारादेखि कैलालीबीचका सबै जिल्लाहरुको स्थलगत अध्ययन गरेर यो प्रतिवेदन तयार गरेको हो । तराईका जिल्लामा भइरहेका भौतिक पूर्वाधारहरुको अवस्था, प्रभावित क्षेत्रहरु, पूर्वाधार निर्माणका सकारात्मक तथा नकारात्मक पक्षहरु, वन्यजन्तुमैत्री निर्माणका आधारहरु, निर्माणका क्रममा सम्बोधन गर्नुपर्ने बिषय तथा क्षेत्रहरुलाई गहिराईमा पुगेर केलाउने प्रयास गरिएको छ । यस अध्ययनमा पूर्व पश्चिम सडक विस्तार, हुलाकी मार्ग, सिचाई आयोजनाहरु (सिक्टा र रानीजमरा—कुलेरिया), मोतीहारी—अमलेखगञ्ज पाइपलाइन, चुरेमा निर्माणधिन मदन भण्डारी राजमार्ग, ललितपुर—निजगढ फास्ट ट्र्याक, प्रस्तावित निजगढ विमानस्थललगायतका निर्माण आयोजनाहरुलाई समेटने प्रयास गरिएको छ ।

प्रेस विज्ञप्ति

Facebook Comments