• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थायी समितिमा नेता शर्माको बिशेष प्रस्तावः गणतन्त्रवादीमाथि दमन र गणतन्त्रविरोधीलाई छूट दिने सरकारी नीति सच्याऔं




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएकोे भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उहाँले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताउनुभयो ।

‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’– उहाँले भन्नुभएको छ– ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’

Facebook Comments