• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला सहकारीमा पाँचौ चरणको मसला उत्पादन सुरु




रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ९ होल्तारामा रहेको सृजनसिल महिला आय आर्जन बचत तथा ऋण सहकारी सस्थाद्धारा संचालित मसला उद्योगबाट पाचौं चरणको मसला उत्पादन र बिक्री सुरु भएको छ । २०७६ साल माघ ४ गतेबाट मसला उत्पादन सुरु गरेको उद्योगले पाचौ चरणको मसला उत्पादन गर्न सुरु गरेको हो ।

उद्योगबाट अहिले मिक्स मसला, खुर्सानी पाउडर, मरिज पाउडर, जिरा, लवाङ, सुक्मेल, मिट मसला, बेसार पाउडर, जाइफल जाइपत्री, लगायत मसला उत्पादन हुदै आएको छ । नुमना सहकारी गाउँ अन्तरगत होल्तारामा सहकारीले मसला उत्पादन गर्ने गरेको छ ।

नुमना सहकारी गाउँ निर्माणको लागि वडा नम्वर ९ र १० मा आएको १ करोड बजेट मध्य २० लाखमा मसला उद्योग स्थापनाको काम भएको थियो । आर्थिक वर्ष २०७५÷७६ सालमा २० लाख लगानीमा निर्माण गरिएको उद्योगबाट जिल्लामै पाईने कच्चा पदार्थबाट मसला उत्पादन हुने गरेको छ । भने जिल्ला बाहिरबाट कच्चा पदार्थ ल्याएर पनि मसला उत्पादन हुने गरेको छ ।

उद्योगको संचालनको लागि भवन, मेसिन खरिद र वर्षाका कारण क्षेतीभएको भवन मर्मत लयागत गरि ७० लाख खर्च भएको वडा अध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । उहाँका अुनसार चालु आर्थिक वर्षमा उद्योगलाई थप व्यवस्थित बनाउनको लागि वडाको तर्फबाट १ लाख ५० हजार खर्च हुने छ ।

उद्योगमा उत्पादित मसला रुकुम पश्चिमका सबै ठाउँ र रुकुम पुर्वमा समेत जाने गरेको छ ।

Facebook Comments