• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेना लुम्बिनी प्रदेशको नमूना विद्यालयमा छनौट




दाङको घोराहीस्थित माध्यामिक विद्यालय रझेना प्रदेशको नमूना विद्यालयमा छनौट भएको छ । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयले प्रदेशका बाह्रवटा विद्यालयलाई नमूना विद्यालयको रुपमा छनौट गरेको हो ।

निर्देशनालयको मंसिर १४ गतको निर्णयअनुसार छनौट गरिएका विद्यालयको सूचि शुक्रवार सार्वजनिक गरिएको छ । साथै विद्यालयहरुलाई पन्ध्र दिनभित्र सम्झौताका लागि बोलाइएको छ ।

यसरी नमूनामा छनौट भएका विद्यालयहरुमा दाङको घोराही १८ स्थित मावि रझेना, अर्घाखाँचको मालारानी ९ स्थिति सूर्य मावि, कपिलवस्तुको बुद्धभूमि ९ स्थिति मावि इमिलिया, गुल्मीको रुरुक्षेत्र १ स्थिति रिडी मावि, नवलपरासीको सुनवल १२ स्थित जगन्नाथ मावि, पाल्पाको रामपुर ३ स्थिति जनविकास मावि, प्युठानको प्युठान नपा ३ स्थित मुक्ति मावि रातामाटा र बर्दियाको मधुवन ६ स्थिति गुराँस मावि रहेका छन् ।

त्यस्तै बाँकेको राप्तीसोनारी २ स्थित लक्ष्मी मावि, रुकुमपूर्वको सिस्ने ३ स्थित जनता मावि पोखरा, रुपन्देहीको सैनामैना ६ स्थित रामापुर मावि र रोल्पाको रोल्पा नपा ६ स्थित नेपाल मावि कोटगाउँ नमूना विद्यालयको रुपमा छनौटमा परेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

यसैबीच मावि रझेना घोराहीका प्राधानाध्यापक उद्धव न्यौपानेले पछिल्ला बर्षहरुमा विद्यालयलाई नमूना बनाउन आफूहरुले थालेको पहलको यथोचित मूल्यांकन गरिएकोमा खुशी व्यक्त गर्दै यसले थप उर्जा प्राप्त हुने बताउनुभयो । विद्यालय साँच्चिकै नमूना बनाएर देखाउने अभियानमा आफूहरु निरन्तर लागिरहेको पनि उहाँले बताउनुभयो ।

Facebook Comments