• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको अनुगमन, प्रदेशकै नमूना बनाउन सुझाव




प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभिटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसहितको टोलीले दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयको अनुगमन गरेको छ । सो टोलीले निर्माणाधीन भवनका साथै अन्य संरचनाको अवलोकन गर्दै शिक्षक विद्यार्थीसँग परामर्श पनि गरेको थियो ।

निरीक्षणपछि सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले स्थापनाकै छोटो समयमा पनि राम्रो प्रगतिको संभावना देखेर यो शिक्षालयमा नमूना कार्यक्रम लागु गरिएको बताउनुभयो । प्रदेशकै नमूना शिक्षालयको रुपमा स्थापित गर्न सुझाव दिंदै उहाँले प्रदेशको तालिम केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

नमूना शिक्षालयको रुपमा भौतिक पूर्वाधार निर्माण भइरहेकाले आवश्यक सहयोग पनि गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘लर्निङ र अर्निङ’ (पढ्दै कमाउँदै) सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिंदै उहाँले आफूले सिकेका कुरा समुदायमा पनि विस्तार गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

शिक्षालयका प्रमुख यादव सुवेदीले कहिले भाडा त कहिले अन्य विद्यालयका भवन प्रयोग गर्दै दुःखजिलो गरी यहाँसम्म आइपुगेको जानकारी गराउँदै अहिले आफ्नो टेक्ने ठाउँसम्म भएकाले अझै सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षालयलाई नमूना बनाउन तनमनका साथ लागिरहेको पनि बताउनुभयो ।

टोलीमा सिटीभिटीइका लुम्बिनी प्रदेश प्रमुख अरबिन्दनाथ चौधरी, परीक्षा उपनियन्त्रक दामोदर देवकोटा, प्रदेश लेखा अधिकृत कृष्ण टन्डनलगायत रहनुभएको थियो ।

Facebook Comments