• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा १८ जना काग्रेस परित्याग गरी नेकपामा प्रवेश




बंगलाचुली गाउँपालिका वडा नंम्वर दुईमा नेपाली काग्रेस परित्याग गरी दुई १८ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
वडा नम्वर दुईमा रहेका नेपाली काग्रेस समर्थित पुनाराम थकाली(मिलन), शुरेष वि.क. ,पूर्ण बहादुर घर्ती,ओम बहादुर घर्ती, सुस्मिता वि.क.को नेतृत्वमा १८ जना नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् ।

पार्टि प्रवेश गर्नेहरुमा पुनाराम वि.क,तेजमान थापा,कमल सुनार,षन्तोष थापा, पुने थापा,सुर्य वि.क.दिपक वि.क. लगाएतका रहेका छन् । मंगलबार बंगलाचुली गाउँपालिका वडा नं.-२ को बुढीपोखरामा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई पार्टी पर्वेश गराईएको थियो ।

यसैविच पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गरिव दुखी जनताको पक्षमा लड्दै आएको पार्टी भएको हुँदा सबै वर्गको रोजाईमा नेकपा परेको बताएका छन् । उनिहरुले सर्वहारा वर्गको अविभावक नै नेकपा रहेको हुँदा सबै जनताले साथ सहयोग र खबरदारी गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपालिका वडा नं-२ वडा कमिटी अध्यक्ष घनश्याम घर्ती मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य आतित्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,नेकपा दुईनंम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर, नेकपा पुर्व जिल्ला समिति सदस्य गिर बहादुर कवर मगर,नेकपा बंगलाचुली गाउँ कमिटी सिचव पुष्पराज भण्डारी, लगाएतले नव प्रवेशिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपार्टी सदस्य भिमकुमार बुढामगरको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा महिला सदस्य कुसुम पुनले गर्नु भएको थियो ।

Facebook Comments