• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरपालिकाद्धारा थारु समुदायको बर्का नाँचको बृत्तचित्र र पुस्तक तयार




घोराही उपमहानगरपालिकाले थारु समुदायको बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको छ ।

उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारिणीसभा दाङले बृत्तचित्र निर्माण र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको हो । उक्त बृत्तचित्र र पुस्तकको आज नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष भुवन चौधरीले विमोचन गर्नुभएको छ ।

लोपउन्मूख अबस्थामा रहेको थारु समुदायको बर्का नाँचलाई भिडियोमा संग्रहीत गर्ने र थारु समुदायको इतिहास, कला संस्कृत, भेषभुषा, भाषा र परम्परालाई समेटि पुस्तक तयार पारिएको हो । विमोचन कार्यक्रममा नगर प्रमुख चौधरीले थारु समुदायको कला संस्कृती सम्पत्ती भएको र यसको संरक्षणमा सरकारले सहयोग गर्ने र थारु समुदायले नै बढी चासो दिनु पर्ने बताउनुभयो । थारु समुदायको कला संस्कृतीलाई प्रदर्शन एवं आम्दानी सँग जोड्न समेत आग्रह गर्नुभयो ।

त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले थारु समुदायको संस्कार र ईतिहासलाई लिपिबद्ध गर्न सक्नु नै सम्पत्तीको जगेर्ना गर्नुभएको उल्लेख गर्नुभयो । त्यसैगरी पुस्तकका अध्ययता डा. गोबिन्द आचार्य, थारु कल्याणकारीणि सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले प्राचिन काल सँग जोडिएको बर्का नाँच र इतिहासको संरक्षण भएको बताउनुभयो ।

सभाका सदस्य बसन्त चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब प्रकाश चौधरीले गर्नुभएको थियो ।

Facebook Comments