• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोपिचारका ३८ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण




रुकुम पुर्व सिस्ने गाउँपालिका वडा नम्बर ६ ले न्यानो कपडा वितरण गरेको छ । आज वडा नम्बर ६ खोपिचार स्थित आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खोपिचारका ३८ जना विपन्न जेष्ठ नागरिक, शहिद परिवार र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको हो ।

मौसम परिर्वन भएसंगै चिसो बढेकाले जेष्ठ नागरिक, शहिद परिवार र एकल महिलालाई चिसोबाट बचाउने उद्देश्यले न्यानो कपडा बलान्केट वितरण गरिएको वडा अध्यक्ष सुधन रेग्मिले बताउनुभयोे । खोपिचारमा बसोवास गर्ने विपन्न जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ । अहिले ३९ जनालाई मात्र वितरण गरिएको भन्दै पाउनै पर्ने तर छुटेकालाई केहिदिन पछि वितरण गर्ने वडा अध्यक्ष रेग्मिले बताउनुभएको छ ।

जाडो समयमा स्थानिय सरकारले निशुल्क रुपमा न्यानो कपडा वितरण गरेर ठुलो सहयोग गरेको भन्दै एकल महिला रनसरी बुढा मगर लगायत जेष्ठ नागरिक, एकल महिला, सहिद परिवारले खुसि व्यक्त गरेका छन ।
न्यानो कपडा वितरण कार्यक्रममा प्रदेशसभा सदस्य तेजबाहुर ओली, नेकपा प्रदेश कमिटि सदस्य कृष्ण रेग्मि, नेकपाका कार्यालय सचिव गोपाल रेउले, वडा अध्यक्ष सुधन रेग्मी, ५ नम्बर वडा अध्यक्ष शान्तेबहादुर विक, पत्रकार लगायत स्थानियको उपस्थिति रहेको थियो ।

Facebook Comments