• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आर्थिक क्रान्तिको जग तयार हुँदैछः ओली




रुकुम पुर्वका प्रदेशसभा सदस्य तेजबहादुर ओलीले देशमा आर्थिक क्रान्ति निर्माण गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको बताउनुभएको छ । आज सिस्ने गाउँपालिका वडा नम्बर ६ ले खोपिचारमा आयोजना गरेको जेष्ट नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।

देशमा संघियता लागु भइ कार्यन्वयन भएयता छोटो समयमै धेरै विकास निर्माणका काम सम्पन्न भएको भन्दै ओलीले आफु र सरकारको ध्यान आर्थिक क्रान्तिमा गएको बताउनुभयो । अहिलेको सरकारले विकास निर्माणलाई प्राथमितामा राखेको छ ओलीले भन्नुभयो खोपिचार जस्तो ठाउँमा छोटो समयमै शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभुत आवश्यकता परिपुर्ति हुनु अहिलेको सरकारको उपल्बधि हो ।

खोपिचारको ७० प्रतिशत ठाउँमा सडक सञ्जाल र विद्युतको पहुच पुर्याइएको र बाकि ३० प्रतिशत ठाउँमा पनि यसै वर्षभित्र पुर्याउने लक्ष्यसहित काम भइरहेको उहाँको भनाई छ । अपठयारोमा परेका जनतालाई सहयोग गर्न सरकारले विभिन्न राहत प्याकेजको व्यवस्था गरेको पनि उहाँले बताउनुभएको छ ।

खोपिचारमा मात्र नभई अहिलेको तिन तहको सरकारले जिल्लाका सवै स्थानियत तहका बस्तिमा सरकार भएको महसुस गराउने गरी सरकारका प्रतिनिधिहरुले काम गरिरहेको बताउनुभयो ।
यसैविच फरक प्रसंगमा बोल्दै ओलीले दुई कम्युनिष्ट पार्टी विच एकता भई बहुमत पाएपछि कम्युनिष्ट सरकारले आर्थिक, समृद्धि र रुपान्तरणको नेतृत्व गरेको उल्लेख गर्दै त्यो देखेर केहि देशि विदेशी शक्तिहरु अत्तालिएर नेकपा फुटाउने प्रयत्न गरिरहेको बताउनुभयो ।

निकै ठुलो प्रयासपछि तत्कालिन नेकपा माओबादि र एमालेविच पार्टी एकता भएको स्मरण गराउदै पार्टी सजिलै नफुटने पनि ओलीले नेता कार्यकर्ता तथा जनतालाई विश्वास दिलाउनु भएको छ ।

Facebook Comments