• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्ला अस्पताल रुकुमपूर्वमा प्रजिअको छड्के, मनपरी नर्गन निर्देशन




प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जिल्ला अस्पताल रुकुम पुर्वको छडके अनुगमन गर्नुभएको छ । अस्पतालमा भइरहेको कर्मचारीको अनियमितता र मनोमानीले सेवाग्रहीहरु समस्यामा परेको गुनासो आएपछि प्रजिअ राईले हिजो छडके अनुगमण गर्नुभएको हो ।

अनुगमणको क्रममा धेरै कर्मचारीहरु बिदा स्विकृत नगराई बिदामा बसेको, कार्यालयमा काम गरिरहेकाले पनि हाजिरी नगरेको पाइएको प्रजिअ राइले बताउनुुभयो । अबका दिनमा त्यसो नगर्न कर्मचारीलाई निर्देशन दिइएको उहाँको भनाई छ ।

यस्तै अस्पताल परिसरभित्र र बाहीर सरसफाइका साथै कोभिड बिरुद्धको सचेतनामुलक क्रियाकलाप सञ्चालन गर्न, तत्कालै कार्यालयमा वडापत्र राख्न, गुनासो पेटीका राखि आएका गुनासालाई संबोधन गर्न, विरामी लगाएत सेवाग्राहीको लागि कार्यालय परिसरमा तातो पानिको व्यवस्था गर्न अस्पतालका स्वास्थ्यकर्मीलाई राईले दिर्नेशन दिनुभएको छ ।

यस्तै अस्पातलमा औषधीको अभाव हुन नदिन र अस्पतालसम्म पुगेका बिरामी तथा सबै सेवाग्राहीलाई आवश्यकता अनुसारको सल्लाह सुझाव एवम् परामर्श सेवा दिन पनि उहाँले निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्र भनेको संवेदनशिल क्षेत्र भएकाले यसमा लापरबाही गर्न कसैलाई छुट नभएको भन्दै गम्भिरताका साथ आफनो जिम्मेबारी पुरा गर्न भन्नुभएको छ ।

यसपटक पहिलो पटक भएको भएर चेतावनी मात्र दिइएको छ । यस्तै गतिविधि फेरी दोहोरीय कार्बाहीको प्रक्रिया अघि बढाउने प्रजिअ राइले बताउनुभएको छ ।

Facebook Comments