• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महरा परिवारलाई समवेदना दिन कर्णालीका मुख्यमन्त्री, सभामुख र मन्त्री दाङमा




कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्री प्रकाश ज्वालालगायतको टोली पूर्वसभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराको परिवारलाई समवेदना दिन बुधवार दाङ आएको हो ।

महराकी श्रीमती सीता महराको निधन भएकोमा विभिन्न क्षेत्रका व्यक्तिहरुले समवेदना दिइरहेका छन् । सो क्रममा कर्णालीका मुख्यमन्त्रीसहितको टोली घोराही १७ गैरागाउँस्थित महरा निवासमा पुगेर समवेदना दिएको हो । समवेदना दिन बुधवार नै नेकपाका नेता बामदेव क्षेत्रीलगायत साविक लुम्बिनी क्षेत्रका नेता कार्यकर्ता समूहगतरुपमा नै दाङ आएका थिए ।

त्यस्तै बर्दियाबाट पनि नेकपा नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरु आएर समेवदना दिएका थिए ।

बुधवारसम्म तीन हजार बढीले घरमै पुगेर समवेदना दिइसकेका छन् झण्डै पाँच सय संघसंस्था र व्यक्तिले प्रांगनमा ब्यानर राखेर समवेदना व्यक्त गरेका छन् ।

Facebook Comments