• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व साइकल यात्री शाहको टोलीलाई प्युठानमा स्वागत




विश्व साइकल यात्री पुष्कर शाहको टोलीलाई प्युठान स्वर्गद्वारीबाट फर्कने बेला सरुमारानीमा भव्य स्वागत गरिएको छ । सरुमारानी गाउँपालिकाले सो टोलीलाई स्वागत गरेको हो ।

गाउँपालिका उपाध्यक्ष मीनाकुमारी सोम, वडा नम्बर ४ का अध्यक्ष चिन्तबहादुर सोमइइलगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयले स्वागत गरेका हुन् । उपाध्यक्ष सोमइले प्युठानको पर्यटन प्रबर्धनमा शाह टोलीको साइकल यात्राले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा स्थानीय उत्पादन उपहार दिइएको थियो ।

स्थानीय उत्पादन मह, अदुवा, बेसार, पिडालु र गहत उपहार दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो । ऐरावती बहुउद्देश्यीय सहकारीले सो उत्पादन प्रदान गरेको हो । कार्यक्रम सञ्चालन शिक्षा अधिकृत पुष्पलाल शाहीले गर्नुभएको थियो ।

Facebook Comments