• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पक्रैयाबासीले पाए एक घर एक धारा




रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सरसफाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमकोरु ७८ लाख बजेट र जनश्रमदान रु १९ लाख गरी कुल जम्मा ९७ लाख बजेटबाट ५ वटा ट्यांकी र कुल ५ किलोमिटरको दुरीबाट पाइपलाईन विस्तार सियाला¸ भण्डारबन पक्रैया चिसापानी बृहत खानेपाली आयोजना सम्पन्न भएपछी पक्रैयाबासीको घरघरमा खानेपानीका धारा पुगेको हो ।

सोमबार कर्णाली प्रदेश संसद गोपाल शर्माले उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । सांसद शर्माले खानेपानी उद्घाटन गर्दै खानेपानीको अभावमा पक्रैया बासी महिलाहरुले धेरै वर्ष देकोको पिडा अन्त्य अन्त्य भएको घोषणा गर्नुभयो ।

कम्युनिष्ट सरकारले छोटो समयमै सबैको घरमा खानेपानी पर्याउन सफल भएकोमा आँफु लगाएत स्थानीय तथा प्रदेश सरकार खुसी भएको उहाँले बताउनु भयो । सांसद शर्माले धेरै बर्ष देखी खानेपानीको हाहाकार अन्त्य गर्न सहयोग पुर्याउने खाने पानी सिंचाई तथा उर्जा विकास कार्यालयका कर्मचारी सानीभेरी गाउँपालिका सरकार¸ उपभोक्ता समिति तथा योजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गर्नुभयो । त्यस्तै अहिले सबैको घरघरमा पनी पुगेको र आगामी केहि दिन भित्रै सबैको घरघरमा विजुली बत्ती पुर्याउने प्रतिबद्धता समेत संसद शर्माले गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संसद शर्माले पक्रैया बासीको चाहना अनुसार सरकारले खानेपानी पुर्याएर जनाताको भोटको कदर गरेको बताउनु भयो । उहाँले अहिले सबैको घरमा पानी पुगेको भएतापनि यस योजना दिगो व्यवस्थापनमा ध्यान दिन उपभोक्ता तथा पक्रैया बासीलाई अनुरोध समेत गर्नुभयो ।

सानिभेरी गाउँपालिका वडा न १ पक्रैयामा भएको द्घाटन कार्यक्रमको अध्यक्षता वडा नं १ का वडा अध्यक्ष टेकबहादुर पुनले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता रुकुम पश्तिम क्षेत्र नं २ बाट निर्बाचित कर्णाली प्रदेश सांसद गोपाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला सह इन्चार्ज शेरबहादुर केसी¸ सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन¸ उपाध्यक्ष इन्दिरा ओली¸ जिल्ला समन्वय समिति सदस्य धनबीर ओली¸कम्युनिष्ट पार्टी नेकपा सानीभेरी गाउँपालिका इन्चार्ज तथा वडा नं ३ का वडा अध्यक्ष बिर्ख बहादुर विष्ट¸ जिल्ला खानेपानी सिंचाई तथा उर्जा विकास कार्यलयका कार्यालय प्रमुख तेजनारायण महतो वडा नं २ का अध्यक्ष धर्म बहादुर पुन तथा नेकपाका जिल्ला तथा गाउँ कमिटी सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन सेतुराम कामी विक्रमले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा आयव्यय विवरण पेश खानेपानी उपभोक्ता समिति अध्यक्ष अमर सिं पुनले गर्नुभएको थियो ।

Facebook Comments