• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा वन र वातावरणको दुई करोड ४० लाख बजेट




डिभिजन वन कार्यालय रुकुम पुर्वले दुई करोड ४० लाख रुपैया बराबरको काम गर्ने भएको छ । यस आर्थिक वर्ष २०७७ ७८ मा गर्ने कार्यक्रम र बजेट सार्वजनिक गर्दै डिभिजन वन कार्यालय रुकुम पुर्वले दुई करोड ४० लाख रुपैया बराबरको काम गर्ने जनाएको छ । कार्यदल र सरोकारवालाहरुसंग बैठक बसि जिल्ला सदरमुकाम रुकुमकोट स्थित होटेल विएलविमा वन कार्यालयले आज यस आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

संघ र प्रदेशको अनुदानमा जिल्लाका तिन वटै स्थानिय तहमा वन संक्षण र वातावरण सम्बन्धि उक्त बजेटबाट काम गरिने डिभिजलन वन अधिकृत जिवन पंगेनीले बताउनुभयो । यस आर्थिक वर्षको सुरुमै कार्यालय गर्ने काम र बजेट सार्वजनिक गर्नुपर्ने भएपनि कोरोनाको सन्त्रास र बन्दाबन्दिले ढिला भएको उहाँको भनाई छ । उहाँका अनुसार यस आर्थिक वर्षमा संघिय सरकारको सशर्त अनुदानबाट ६२ लाख ५० हजार रुपैया बराबरको काम हुनेछ भने सबैभन्दा बढि एक करोड ७७ लाख ५० हजार रुपैया बराबरको प्रदेश सरकारको अनुदानबाट बन संरक्षण र वातावरण सम्बन्धि काम हुने भएको छ ।

बन बातावरण सम्बन्धि हर्ने र काम गर्ने जिम्मा प्रदेश सरकारलाई भएको हुदा प्रदेशको बजेट धेरै भएको पंगेनीले बताउनुभयो । संघ र प्रदेश सरकारको उक्त बजेटबाट जिल्लाका तिन वटै स्थानिय तहमा वन अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण, वन क्षेत्र भित्रका खोल्सा खाल्सी व्यवस्थापन तथा नदि जन्य पदार्थ संकलन, चोरी कटानी चोरी शिकारी नियन्त्रण, वन व्यवस्थापन तथा वन उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन हुनेछन ।

यस्तै विरुवा उत्पादन तथा विरिक्षारोपन, एक जिल्ला एक नमुना कृषि वन कार्यक्रम, जैविक विविधता संरक्षण, सिमसार क्षेत्र संरक्षण, वन्यजन्तु उद्धार कार्यक्रम, जडिबुटि विरुवा उत्पादन खेति विस्तार कार्यक्रम, नर्सरी मर्मत, शहरी हरित पार्क निमार्ण, फलफुल विरुवा उत्पादन लगायतका कार्यक्रम सञ्चालन हुने डिभिजन वन कार्यालय रुकुम पुर्वले जनाएको छ ।

वन कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राई, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहि मल्ल, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, भुमे गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत चन्द्रसिहं श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समिति रुकुम पुर्वका उद्योग अधिकृत तारा प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments