• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आत्मनिर्भर समाजका लागि मिक नेपालको प्रयास




नेपाल मगर समाज सेवा तथा सुचना केन्द्र मिक नेपाल रुकुमको सातौ सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिक नेपालले गत वर्षमा रुकुम पुर्वमा गरेका कामको बारेमा जानकारी दिन आयोजना गरिएको सातौ सामाजिक परिक्षण कार्यक्रम रुकुमकोटमा आज सम्पन्न भएको हो । मिक नेपालले विगत लामो समय देखि समतामुलक, सशक्त र आत्मनिर्भर समाजको स्थापना गर्ने परिक्लपना सहित विभिन्न काम गर्दै आएको छ ।

कार्यक्रममा मिक नेपालका कार्यकारी निर्देशक अविनाश बुढा मगरले संस्थाले एक वर्षको अवधिमा गरेका विभिन्न कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले कार्यक्रममा गराउनु भएको जानकारी अनुसार मिक नेपालले गत आर्थिक वर्षमा रुकुम पुर्वमा मातृ भाषामा रेडियो दुर शिक्षा कार्यक्रम सञ्चालन, वैकल्पिक शिकाई सहर्जिकरण कार्यक्रम सञ्चालन, स्वअध्ययन सिकाई सामाग्री पुस्तक प्रकाशन तथा वितरण, कोभिट १९ कोरोना भाइरसको महामारी नियन्त्रणको लागि स्वास्थ्य सामाग्रीहरु सहयोग लगायतका कामहरु सम्पन्न गरेकोे छ ।

संस्थाका अध्यक्ष भिउमान घर्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहि, संस्थाका कार्यकारी निर्देशक बुढा लगायत संस्थाका कर्मचारी लक्षित समुदायका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका कार्यसमिति कोषाध्यक्ष सिता घतानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य गनेश खड्काले गर्नुभएको थियो ।

Facebook Comments