• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हापुर विजौरी सामूहिक हत्याकाण्डमा मारिएकाको सम्झनामा श्रद्धान्जली सभा




आज भन्दा २२ बर्ष अगाडी हापुर विजौरीको सालझुण्डीमा सामूहिक हत्या गरि मारिएका ७ जना शहिदहरुको सम्झनामा सोहि ठाउँमा श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ ।

२०५५ साल कार्तिक २३ गते विद्यार्थी नेता माधव घिमिरे, रुद्र न्यौपाने, अमृत श्रेष्ठ स्थानीय युवा जागू चौभरी, पुनाराम चौधरी, रमेश गिरी र स्यानी चौधरीलाई तत्कालिन सरकारले घोराहीबाट हापुर विजौरीमा महिलाको जिल्ला सम्मेलनमा सहयोग गर्न जाने क्रममा बाटैमा पर्ने सालझुण्डीमा गोली हानी सामूहिक रुपमा हत्या गरिएको थियो ।

सोही हत्या काण्डमा सहिद भएकाहरुको सम्झनामा नेकपाको १२ नंं. वडाले आज श्रद्धान्जली सभाको आयोजना गरेको थियो । श्रद्धान्जली सभामा बोल्ने वतmाहरुले सहिदहरुले बगाएको रगतले आजको परिवर्तन आएको भएपनि जनताको दैनिकीजीवनमा परिवर्तन आउन नसकेको धारणा राखेका थिए । सहिदको रगतले कोरेको मार्ग अनुरुप काम गदै अघि बढ्न सके मात्र प्राप्त उपलब्धीको रक्षा हुने कुरा उनीहरुले बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश कमिटि सल्लाहकार तथा घाइते योद्धा मनोज चौधरीले हिजोको वलीदानीको जगमा आजको सरकार बनेको भएपनि जग भत्कदै जान थालेको प्रति चिन्ता व्यतm गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपाका जिल्ला कार्यालय सदस्य तथा २ नं. निर्वाचन क्षेत्रका संयोजक अजयदीप शर्माले आजको गणतन्त्र हिजोको वलीदानी र वलीदानी गर्ने सहिद परिवारहरुको योगदानको प्रतिफल भएको बताउदै अब फेरि पनि अघि बढ्नका लागि सहिद परिवारको दृढता र खवरदारी पार्टीमा आवश्यक रहेको कुरा बताउनु भयो ।

अतिथि पार्टी सचिवालय सदस्य तथा घोराही उपमहानगरपालिकाका सचिव प्रमोद शर्माले सहिदको रगत खेर नजाने भन्दै पार्टीको उदेश्य अनुरुप समाजवादको बाटोमा अघि बढ्न सहिदको वदीदानलाई आत्मसाथ गर्नुपर्ने वेला आएको बताउनु भएको थियो ।

कार्यक्रममा १२ नं. वडाका अध्यक्ष राजेन्द्र बुढाले हापुरमा विजौरी हत्याकाण्डका सहित हापुरमा शहादत प्राप्त गर्नुभएका सहिदहरुको सम्झनामा सामूहिक शालिक निर्माण गर्ने योजना भएको भन्दै अर्को साल सहित स्मारक बन्ने गरी काम शुरु हुने बताउनु भयो ।

कार्यक्रममा जिल्ला सदस्य राजुकान्छा, स्थानीय बुद्धिजीवी यज्ञ बस्नेत, सहिद परिवारको तर्फबाट .जागू चौधरीले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो ।
वडाका सचिव पूर्ण बुढाको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभाको संन्चालन अर्जुन विकले गर्नु भएको थियो ।

Facebook Comments