• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोल तार जडान गरेको ६ महिना सम्म पनि बत्ती पुगेन




रुकुम पुर्वको सिस्ने गाउँपालिका ६ धाउनेमा पोल गाडेको ६ महिना वित्तिसक्दासम्म पनि बत्ति बल्न सकेको छैन । धाउनेका स्थानियलाई अध्यारोबाट मुक्त गर्नको लागि वितग ६ महिना अगाडी पोल गाडे पनि अहिलेसम्म बत्ति पुग्न नसकेको हो । सेराखेत डाडाबाट धाउनेसम्म पोल गाडने र तार तान्ने काम सम्पन्न गरिको भएपनि विद्युत जडान नभएको स्थानिय चन्द्र विसीले बताउनुभयो । पोल गाडने र तार तान्ने काम सम्पन्न भएपछि बजुली आउँला भनेर घरमा गरिएका वाइरिङ बिग्रिन लाग्दासमेत बक्ति नआएको उहाँको गुनासो छ ।

विजुलीे बाल्ने आशमा हजारौ रकम खर्च गरेर अधिकाङश घरमा वारियङ गरिएको भएपनि अहिलेसम्म सम्बन्धित निकायले वित्ति जडानमा चासो नदिएको अर्का स्थानिय मदन बुढाथोकीले दुखेसो पोख्नु भएको छ । स्थानिय सरकारले धाउनेलाई उपेक्षा गरेको बुढाथोकीले बताउनुभयो ।

अलि अलि हुने खानेले सोलार बक्तिबाट काम चलाउदै आएपनि हुदाँ खानेका लागि भने बक्ति नहुदा साझ विहान खाना पकाउन तथा अन्य काम गर्न निकै समस्या भएको उहाँको भनाई छ । झट्ट हेर्दा सुगम क्षेत्रमा बसोबास गरेका जस्तो देखिने धाउनेका स्थानिय बत्ति नहुदा सुचना र सञ्चार क्षेत्रबाट पनि बञ्चित भएका छन ।
बक्ति नहुदा मोबाइल चार्ज गर्नकै लागि रुकुमकोट, पोखरा, नाथिगार लगायतका ठाउँमा जानुपर्ने स्थिति रहेको स्थानिय विपिन बुढाथोकीले बताउनुभयो । धाउनेमा अहिले २५ घरधुरी बसोवास गर्दै आएका छन ।

पोल र तार जडान गरेको लामो समय विति सक्दासम्म पनि धाउनेमा किन बक्ति जडान हुन सकेन भने प्रश्नमा वडा अध्यक्ष सुधन रेग्मिले आधा पोल तार केन्द्रिय प्रशारण लाइनका र आधा वडापालिकाको बजेटबाट जडान गरिएका भएको हुदा बक्ति जडानमा समस्या भएको बताउनुभयो । आफुले स्थानिय विद्युत केन्द्रिय प्रशारण लाइनकै पोलबाट जडान गर्न दिन नेपाल विद्युत प्राधिकरणसंग आग्रह गरेपनिशुनुवाई नभएको उहाँको भनाई छ । उहाँका अनुसार ढकालबारा देखि सेराखेत डाडासम्म केन्द्रिय प्रशारण लाइनको पोल तार जडान गरिएको छ भने त्यो भन्दा तलतिर स्थानिय पोल जडान गरिएको छ ।

यता गाउँपालिका अध्यक्ष कुमारी बरालले भने स्थानिय लघु जलविद्युत आयोजनाको पावर कम भएकाले केन्द्रिय प्रशारण लाइनकै बक्ति जडान गर्ने गरी काम भइरहेको बताउनुभएको छ । स्थानिय विद्युतको पावर कम भएकाले केन्द्रिय प्रशारण लाइनको बक्ति जडान गर्ने तयारी भएको उहाँको भनाई छ ।

त्यस क्षेत्रमा वडापालिकाको बजेटबाटपोल र तार जडान गरि सकिएको हुदात्यहाँ तत्काल बत्ति दिन के गर्ने भने विषयमा वडा अध्यक्ष लगायतको बैठक बसि समाधान खोज्ने पनि उहाँको भनाई छ ।

Facebook Comments