• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटका बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको भीड




रुकुम पुर्वको सदरमुकाम रुकुमकोटका बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको भिड लागेको छ । रुकुमकोटमा रहेका नेपाल बैंक र प्रभु बैंकमा आजदेखि सामाजिक सुरक्षा भत्ता लिनेको भिड लागेको छ । सिस्ने गाउँपालिकाले केहि दिनअघि मात्र पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी नेपाल र प्रभु बैंकमा पठाएकाले भत्ता लिनेको भीड लागेको हो ।

अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागि सिस्ने गाउँपालिका ३, ४, ५, ६ र ७ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएका व्यक्ति र बालबालिका रुकुमकोटमा आएका छन । सामाजिक सुरक्षा भत्ता लिनेको भीडका कारण अन्य भुक्तानी गर्न असहज भई सेवाग्राहीलाई सास्ती भएको छ ।

दिनभरी लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो भएको बैंकमा भेटिएका सिस्ने ३ का सुसिल खड्काले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको भीडले बैंकका अन्य सेवा समेत प्रभावित भएका छन । बैंकमा भत्ता बुझ्नेको भीड लागेपछि अन्य सेवाग्रहीहरुलाई सेवा दिन गाह्रो भएको नेपाल बैंकका शाखा प्रबन्धक लोकेन्द्रसिहं राठोरले बताउनुभयो ।

भत्ता बुझ्न आउनेको भीडका कारण बैंकका अन्य सेवा प्रभावित भइरहेको स्वीकार गर्दै उहाँले कार्यालय समय भन्दापछि पनि काम गरेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

बैंकले भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेपिरहेको देखिएको अर्का सेवाग्राही तारा नेपालीले बताउनुभयो । बैंकमा समिति कर्मचारीले सवै काम गर्नुपर्ने बाध्यता रहेकाले भत्ता वितरण र चाड पर्वको समयमा सेवाग्राहीलाई सेवा दिन समस्या हुने गरेको प्रभु बैंकका शाखा प्रवन्धक भानु गौतमले बताउनुभएको छ ।

आजबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएकाले यो भिड अवको केहि दिनसम्म कायम रहने उहाँको भनाई छ ।

Facebook Comments