• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय युवा संघ नेपाल रुकुमपूर्वको प्रथम एकता भेला तथा सपथ ग्रहण




नेपाल कम्यूनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन नेकपा एमालेसम्वद्ध युवा संघ र माओवादी केन्द्र सम्वद्ध वाईसीएलको एकता भएको लामो समयपछि आज जिल्ला सदरमुकाम रुकुमकोटमा प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

आज एक औपचारिक कार्यक्रमको बिच नेकपाका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा संघ नेपालका केन्द्रिय सदस्य सुबोधराज शीर्पालीले युवा संघ नेपाल रुकुम पूर्वका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको छ । उहाँले संयोजक तिलक रेउले भास्कर, सहसंयोजक दन्त रोका सहित युवा संघ नेपाल रुकुम पूर्वका ६१ जनालाई सपथ ग्रहण गराउनु भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वका संयोजक रेउलेको अध्यक्षतामा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज खेममान खड्काको प्रमुख आतीथ्यता र नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज तेजबहादुर ओली, नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुबोधराज शीर्पाली, नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ लगाएतको विशेष आतीथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा नेकपाका अन्य प्रदेश कमिटी सदस्य, जिल्ला कमिटि सदस्य, गाउँ, तथा टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय युवा संघ रुकुम –पूर्वका सहसंयोजक दन्त रोकाको स्वागत मन्तव्य रहेको सपथ ग्रहण कार्यक्रमको सञ्चालन सदस्य नामेन्द्र सुनारले गर्नुभएको थियो ।

Facebook Comments