• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वका तीन वटै स्थानीय तहले सञ्चालनमा ल्याए एम्बुलेन्स




रुकुम पुर्वका तिन वटै स्थानिय तहले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन । जिल्लाका तिन स्थानिय तह सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकाले एम्बसलेन्स सेवा सञ्चालनमा ल्याएका हुन ।

सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाले आफनै लगानीमा एम्बुलेन्स ल्याएका छन भने, भूमे गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले दिएको अनुदानको रकमले एम्बुलेन्स ल्याएको छ । सिस्ने र पुथाले गत आर्थिक वर्षमा खरिद प्रक्रिया अगाडि बढाएकोमा विभिन्न कारणले गत वर्ष खरिद गर्न नसकि यस वर्ष ल्याइएको बताएका छन ।

सिस्ने र भुमेले यस अघि जिल्ला प्रशासनले बनाएको एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार सञ्चालन गर्ने तयारी गरेका छन । यसअघि प्रशासनले बनाएको कार्यविधि अनुसार नै एम्बुलेन्स सञ्चालन गर्ने योजनामा आफुहरु रहेको भुमे गाउँपालिका अध्यक्ष रामशुर बुढा र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

गाउँपालिकाको आफनै एम्बुलेन्स आएसंगै गाउँपालिका भित्रका सुत्केरी बेथा लागेका महिलाहरुलाई निशुल्क जिल्ला अस्पतालसम्म पुर्याउने योजनामा गाउँपालिका रहेको सिस्ने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । उहाँले गरिव, विपन्न र जटिल प्रकतिका विरामिहरुलाई विशेष छुटका साथ सेवा दिने बताउनुभएको छ ।

यसअघि जटिल प्रकृतिका बिरामीहरुलाई सार्वजनिक सवारी साधन मार्फत स्वास्थ्य संस्थामा पु¥याउनु पर्ने झन्झटिलो अवस्थाको अव अन्त्य हुने भुमे गाउँपालिका अध्यक्ष बुढाले बताउनुभएको छ । विरामीको प्रकृति अनुसार सहुलियतको व्यवस्था गर्ने उहाँको भनाई छ ।

उत्ता पुथाउत्तरगंगा गाउँपालिकाले भने आज मात्रै गाउँपालिकाको केन्द्र तकमा एम्बुलेन्स पुगेकाले कसरी सञ्चालन गर्ने भन्ने एकिन नभएको बताएको छ । गाउँपालिका आफैले सञ्चालन गर्नेकी समिति मार्फत सञ्चालन गर्ने भन्ने विषयमा टुङगोमा पुग्न बाकि रहेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाक्षत्रीले बताउनुभएको छ ।

जिल्लाका तिन स्थानिय तहका आआफनै एम्बुलेन्स भएपछि जो जस्ले जसरी सञ्चालन गरेपनि गम्भिर विरामिहरुलाई सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्याउन सजिलो हुने नागरिकहरुले आशा लिएका छन । यो भन्दा अगाडि जिल्लामा जिल्ला अस्पताल मातहत रहनेगरी लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको एउटा एम्बुलेन्स सञ्चालनमा रहेको थियो । अब भने जिल्लामा ४ वटा एम्बुलेन्स सञ्चालनमा आएका छन ।

Facebook Comments