• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमाली जिल्ला रुकुमपूर्वमा हिमपातको क्षतिबाट बच्न तयारी शुरु




जिल्ला विपद व्यवस्थापन समिति रुकुम पुर्वले हिमपातको समयमा हुने घटनालाई मध्यनजर गर्दै विभिन्न पुर्व तयारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षता आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

हिमपातको समय नजिकै आएकाले जिल्लाका तिन वटै गाउँपालिका भित्रका के कति घरधुरी हिपातको जोखिममा रहन्छन त्यसको विवरण संकलन गर्ने, उक्त जोखिममा पर्ने घरधुरीहरुलाई आवश्यक सामाग्रीहरु वितरण गर्ने, विपदको समयमा खटिने जिल्ला स्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय भएको प्रजिअ राईले बताउनुभयो ।

यस्तै उक्त विवरण संकलन गरी आवश्यक पर्ने स्रोत साधन तथा बजेट गृह मन्त्रालयमा माग गरि पठाउने, हिमपात तथा अन्य विपदको समयमा खाद्यान्न अभाव हुन नदिन खाद्य संस्था र अन्य व्यापार कम्पनीहरुलाई सवै खाद्य सामाग्रीहरु सम्बन्धित पालिकामा पुर्याउन सहजिकरण गर्ने निर्णय पनि भएको छ ।

यस्तै जिल्लाको विपद न्युनिकरण प्रतिकार्य योजना २०७७ अनुसार जिल्लामा हुने र हुन सक्ने सवै खाले विपद व्यवस्थापन उद्धार र प्रतिकार्यको लागि लुम्बिनी प्रदेश सरकार समक्ष पनि आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । हिमपात सम्बन्धि पुर्व तयारी गर्न जिल्ला प्रशासनमा गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार यस्तो निर्णय गरिएको हो ।

Facebook Comments