• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दशै विदामा रोकिएको रेडियो शिक्षा कार्यक्रम शुरु, विद्यालयमा पढाइ जारी




रुकुम पुर्वको रुक्मिणी माध्यामिक विद्यालयले रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ । दशै विदाको समयमा करिव १० दिनसम्म रेडियो शिक्षा बन्द गरेको रुक्मिणी माविले आजबाट पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

लामो समय देखि विद्यालय बन्द हुदाँ माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको पढाईमा धेरै असर परेकाले रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइएको प्राधानध्यापक कृष्ण गौतमले बताउनुभयो । कोरोनाको महामारीलाई मध्यनजर गर्दै गएको १६ गतेबाट विद्यालयमा पनि साक्षत्कार विधि मार्फत शैक्षिक सहजिकरण कार्य सुरु गरिएको छ गौतले भन्नुभयो यसअघि विद्यालय बन्द भएको समयमा सञ्चालन गरेको रेडियो शिक्षा कार्यक्रम प्रभावकारी देखिएकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएका हौ ।

विद्यार्थीलाई दिनुपर्ने कितावि ज्ञान धेरै र समय कम भएकाले रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशब चन्द शमालले बताउनुभयो । कोरोनाका कारण आधा शैक्षिक सत्र त्यतिकै खेर गएकाले त्यसको पुर्ति गर्न विद्यालय र रेडियो दुवै माध्यमबाट पढाउन सुरु गरिएको उहाँको भनाई छ ।

विद्यालयमा सहजिकरण गर्ने समय र रेडियोबाट पढाउने समय नबाझिने गरी दुवै माध्यमबाट पठनपाठन गर्न थालिएको शिक्षक चन्द्रबहादुर मल्लले बताउनु भएको छ । उहाँका अनुसार दिउसो विद्यालयमा पढाई सञ्चालन हुनेछ भने विहान र साझ रेडियोबाट पठनपाठन प्रशारण हुनेछ । केहि नबुझिएका कुरा दोहोरिए पनि विद्यालय र रेडियोमा पढाएका विषयबस्तु नदोहोरिने गरी शिक्षण सिकाई सहजिकरणको थालनी गरिएको मल्ले बताउनुभयो ।

उहाँका अनुसार रेडियो रुक्मिणीबाट विहान ८ बजेको मगर खाम भाषा समाचार पछि ९ बजेसम्म कक्षा ९ को अग्रेजी, नेपाली र गणित ९ बजेको उज्यालो समाचार पछि १० बजेसम्म समाजिक, विज्ञान र जनसंख्या विषयको पढाइ हुनेछ ।

यसैगरी कक्षा १० को साझ ५ बजेको रुक्मिणी बुलेटिन पछि अग्रेजी, नेपाली र गणित ६ बजेसम्म प्रशारण हुनेछ भने साझ ६ बजेको रुक्मिणी खबर पछि ८ बजेसम्म सामाजिक, विज्ञान, जनसंख्या र अन्य कृषि तर्फका विषयको पढाई प्रशारण हुने रुक्मिणी माबिले जनाएको छ ।

अझै पनि कोरोना महामारीको सन्त्रास कायमै रहेकाले रुक्मिणी माविका विद्यार्थीलाई मात्र नभई रुकुम पुर्व सहित छिमेकि जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, सल्यान जाजरकोट र बाग्लुङ लगायतका जिल्लाका विद्यार्थीहरुलाई मध्यनजर कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यो एउटा सूनौलो अवसर भएकाले अन्य कामलाई थाति राखेर भएपनि अध्ययन गर्न तथा अध्ययन गर्ने वातावरण मिलाई दिन रुक्मिणी माविले सम्पुर्ण अभिभावक र विद्यार्थीहरुलाई आग्रह गरेको छ । यसअघि गएको भदौ ७ गतेदेखि कार्तिक ७ गतेसम्म रुीक्मणी माविले रेडियो रुक्मिणी बाट नै दुई महिनासम्म रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

Facebook Comments