• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली २ मा कांग्रेसको भेला तथा पार्टी प्रवेश कार्यक्रम




नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर २को आयोजनामा संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

बङलाचुली २ का वडा सभापति अमृतबहादुर मल्लको अध्यक्षता पूर्वमहासमिति सदस्य भोजराज पाण्डेयको प्रमुख र नेपाली कांग्रेस प्रदेश क्षेत्र नम्बर २का सभापति गिरिराज सुबेदीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य गोपालराज शर्मा, पूर्वजिल्ला सदस्य पूर्णबहादुर मल्ल, बंगलाचुली गाउँपालिका सचिब बलदेव मल्ल, मैते पुनलगायले बोल्नुभएको थियो । सो क्रममा नब प्रवेशीहरुलाई टीका जमरा लगाएर स्वागत गरिएको थियो ।

वडा उपसभापति बासुदेब पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको वडा सचिब रुपेन्द्र बस्नेतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा चेत बहादुर नेपाली, छबिलाल घर्ती, सागर बुढाथोकी सहित २७ जना नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए ।

Facebook Comments