• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोखरामा खेल मैदान निमार्ण गर्न रकम संकलन हुने क्रम जारी, ६ लाख ५० रकम संकलन




रुकुम पुर्वको सिस्ने गाउँपालिका ३ पोखरामा खेल मैदान निर्माणको लागि सहयोग रकम संकलन हुने क्रम जारी रहेको छ । पोखरा गाउँनजिकै रहेको खेलमैदानलाई बृहत खेल मैदान बनाउन जग्गा खरिद गर्न तथा खेल मैदान निर्माणका लागि सहयोग रकम संकलन हुने क्रम जारी रहेको हो ।

खेल मैदान निर्माण समितिको सक्रियतामा अहिले पोखराका शिक्षक, कर्मचारी व्यपारी, बुद्धिजिवी, समाजसेवी तथा बैदेशिक रोजगारमा जानुभएका विभिन्न व्यक्तिहरुले स्वइच्छाले रकम सहयोग गरिरहनु भएको छ । यसैक्रममा पछिल्लो समय पोखराका स्थानिय शिक्षक तथा कर्मचारीहरुले मात्रै करिव साढे एक लाख वरावर रकम सहयोग गर्नुभएको पोखरा खेल मैदान निर्माण समितिका सहायक कोषाध्यक्ष एबम संञ्चार समितिका संयोजक कविराम खडकाले जानकारि दिनुभएको छ ।

विभिन्न व्यक्तिको सहयोगले अहिलेसम्म खेल मैदान निर्माण समितिको खातामा करिव साढे ६ लाख वरावर रकम जम्मा भएको उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार शिक्षकहरु धन बहादुर खड्काले २८ हाजार १ सय २४, मन बहादुर खड्काले १० हजार ५, दिपक पौडेलले १० हजार १ सय ५५, हरि खड्का र जयराम खड्काले पाच÷पाच हजार रकम सहयोग गर्नुभएको छ । यसैगरी प्रेम खड्काले १२ हजार पाच सय, सुनिल खड्काले ८ हजार ५५, सुशील खड्काले ९ हजार १ सय २५, लक्ष्मण खड्काले ८ हजार पाच, रामकृष्ण पौडेलले ९ हजार पाच सय रुपैया सहयोग गर्नुभएको छ ।

यस्तै विपिन खड्काले १० हजार १ सय ५५, मित्रलाल खड्काले तीन हजार, उषा खड्काले १० हजार ५५, भुपुशिक्षक यामराज खड्काले १२ हजार ५५ र कलु खडकाले २ हजार पाच सय रुपैया सहयोग गर्नुभएको सहायक कोषाध्यक्ष एबम सञ्चार समितिका संयोजक खड्काले बताउनुभएको छ ।

यस्तै समाजसेवी तथा बुद्धिजिबिहरुबाट २५ हजार ४ सय १५ रुपैया संकलन भएको छ । समाज सेवी नुमेन्द्र खडकाले १० हजार ५००, गोपिराम खड्काले १५ हजार ५ सय ५५, दलप्रसाद सुनारले ५००, यामराज खड्काले ५ हजार ५ सय ५५, डिल बहादुर खड्काले १० हजार ५०, डिल बहादुर खड्का विले १६००, भरत खड्काले १ हजार ५ र प्रताप ओलिले १५० रुपैया सहयोग गर्नुभएको छ ।

यस्तै व्यावसायी व्यक्तिहरु यमराज खड्का पास्कल एण्ड पुस्तिका फेन्सि पसलबाट १२ हजार ५५, कमला ओली निशा सपिङ सेन्टरबाट ५ हजार २५, पल बहादुर ओली प्रिजन गल्ला पसलबाट ५ हजार ५५, रामप्रकाश खड्का प्रिन्स किराना पसलबाट ५ हजार ५५, अमृत परियार अमृत टेलर्सबाट २०००, रमेश केसी गौतम होटेलबाट २०००, मदन खड्का खड्का भाँडा पसल एक हजार, जनक खड्का जे के मोबाइल पसलबाट एक हजार, गोबिन्द मल्ल मल्ल किराना पसलबाट एकहजार, नारायण केसि केसी होटेल बाट ५००, अम्मर परियार विकाश टेलर्सबाट ५००, भागिदल खड्का मौरी व्यवसायीबाट ५०० र निमराज सुनार निमराज सुनचाँदि पसलबाट २०० रुपैया सहयोग भएको सञ्चार संयोजक खड्काले बताउनुभयो ।

यस्तै वैदेशिक रोजगारबाट धन बहादुर बुढाले सर्वाधिक १ लाख १५हजार ९ सय ५९ रुपैया सहयोग गर्नुभएको छ, भने वसन्त खड्काले ६ हजार १५५ र राम बहादुर बुढाले तिन हजार ५०० रुपैया सहयोग गर्नुभएको छ ।

खेल क्षेत्रमा पोखराको विकासका लागि अहिलेसम्म सहयोग गर्ने सवै सहयोगिदाताहरुलाई खेल मैदान निर्माण समितिले धन्याबाद दिइएको छ । समितीलाई खेल मैदान निर्माण गर्न करिव १९ लाख रकम आवस्यक पर्ने भएकाले उक्त खेल मैदान निर्माणमा सवैलाई सहयोग गर्न समितिले सवैमा अपिल समेत गरेको छ ।

Facebook Comments