• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टीका लगाउँदा यस्तो सतर्कता अपनाउन जनस्वास्थ्यविद्को सुझाव




जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत दिएका सुझाव यस्ता छन्–
१. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने

२. ६ फिटको दुरी कायम गरेर बस्ने

३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने

४. टीका दिनेले प्रत्येक पटक हात धुने

५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने

६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने
७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने

८. मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने
९. साबुनपानीले हात धोइरहने

१०. भीडभाड पटक्कै नगर्ने
११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने

१२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने

Facebook Comments