• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय स्वाधिनता अझै खतरामाः महरा




पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनता अहिले पनि खतरामा रहेको बताउनुभएको छ ।
बिहीबार रोल्पा नगरपालिकाको वडा नम्बर ८ जङ्कोटमा आयोजित राहत वितरण कार्यक्रममा बोल्दै संघीयय सांसद महराले राष्ट्रिय स्वाधिनता रक्षाका लागि सबै सतर्क रहन समेत आग्रह गुर्नुभयो ।

‘मैले राष्ट्रिय स्वाधिनताका लागि संघर्ष गर्ने क्रममा निकै ठूला हण्डर पनि खाएको छु’ पूर्वसभामुख महराले भन्नुभयो– ‘राष्ट्रिय स्वाधिनता हाम्रो जनजीविकासँग समेत सम्बन्धित भएकाले सचेततापूर्वक यसविरुद्ध सबैले संघर्ष गर्नु अनिवार्य छ ।’ राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका महराले त्यसबारे भने धेरै बोल्न चाहनुभएन ।

राष्ट्रिय स्वाधिनता स्थानीय स्रोत साधनको प्रयोग गरेर आत्मनिर्भर हुने कुरा पनि भएकाले प्राकृतिक खानपिनतिर अग्रसर भइ आफ्नो उत्पादन र श्रममा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । आफैले उत्पादन गरेको चिजबस्तु प्रयोग गर्नु पनि राष्ट्रियतासँग जोडिएकाले सकेसम्म चामल या अन्य आयातित चिज प्रयोग नगर्न महराले सुझाव दिनुभयो ।

अहिले कोरोना महामारीको जोखिम बढिरहेका बेला यस्ता कुरामा विशेष ख्याल गर्नुपर्ने भन्दै उहाँले आयातित बस्तुको सेवनले शरीरको प्रतिरोधात्मक शक्ति घटाउने र विभिन्न रोगले आक्रमण गर्ने बताउनुभयो । ‘स्थानीय बस्तुको प्रयोग गर्नु भनेको राष्ट्रिय स्वाधिनता पनि हो’ महराले भन्नुभयो– ‘राष्ट्रिय स्वाधिनता र समाजवादमा विश्वास गर्नुस् । त्यो भनेको आफ्नोपनमा विश्वास गर्ने कुरा हो, राष्ट्रिय स्वाधिनता, समाजवाद वा साम्यवाद यही नै हो ।’

अहिले शहरबजार र्छिदा पुँजीवादको गन्ध आउने गरेता पनि जति गाउँ पस्यो त्यतीनै समाजवादको झल्को आउनेभएकाले पनि समाजवादको अर्कोरुप ग्रामीणभेग भएको र्तक गर्नुभयो ।

रोल्पाका राजनीतिक नेतृत्वका रुपमा समेत रहेका महराले २०४८ सालमा सांसद जित्दा र भूमिगत हुँदा जङ्कोटसँग विशेष सम्बन्ध रहेको चर्चागर्नुभयो । २०४८ सालको मतदाता नामावली जङ्कोटबाटै रहेको स्मरण गर्दै २०४८ सालमा सांसद जितेका महराले घरबाट पहिलोपटक भूमिगत भएर निस्किएपछि जङ्कोटमै पहिलो बास बसेको बताउनुभयो ।

‘म फागुनको १ गते आउनुअघिल्लो रात भुमिगत भएर यही जंङकोटकोे डाँडोमा आएको हुँ ।’ आफू जङ्कोट पुग्दा गौरवको महसुस गरेको भन्दै महराले वर्गसंघर्षको समयमा चार महिना लगातार जंकोटबासीसँग बसेको समेत स्मरण गर्नुभयो ।

रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोटका विभिन्न क्षेत्रका २ सय ६२ पहिरोपिडित घरपरिवारलाई राहतदिन उक्त क्षेत्रमा पुगेका पुर्वसभामुख महराले पहिरोपिडितहरुको मर्मलाई आत्मैदेखी महसुस गरेको बताउनुभयो ।

राहत संकलन समितिका संयोजक तथा वडा अध्यक्ष सनसीं बुढामगरको नेतृत्वमा रहेको समितिले संकलन गरेको ९ लाख ४३ हजार ४० रुपैंया रकम, ६ सय बोरा चामल, विभिन्न खाद्य तथा अन्य लत्ताकपडाहरु तथा सहयोगी ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा लुम्बिनि प्रदेशसभाका सांसद दिपेन्द्रकुमार पुनमगरले तत्कालीन राहतका लागि स्थानीय र प्रदेश सरकारले पहल गरेतापनि र्दिघकालीनरुपमा सिफारिशका आधारमा पुनरबासको ब्यवस्थाका लागि प्रदेस सरकारले समेत पहल थाल्ने बताउनुभयो ।

विभिन्न स्थानका पहिरोपिडितहरुको उदाहरण दिदै सांसद पुनले जंकोटका पहिरोपिडितहरुको उद्धारका लागि सबै लागीपरेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका कार्यबाहक कर्मलाल परियार, रोल्पा नगर प्रमुख पूर्ण केसी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुरेन्द्र थापा घर्ती, प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर, नेपाल रेडक्रस सोसाईटि रोल्पाका सभापति डिबि टुहुरो लगायतले बोल्नुभएको थियो ।

Facebook Comments