• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री वितरण




नेपाल जनजागरण मञ्च रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । युनाइटेड मिसन टु नेपाल रुकुम क्लष्टरको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण मन्चले आज एक कार्यक्रमका विच जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नेपाल जनजागरण मन्चका अध्यक्ष टेक बहादुर कुसारी लगायत संस्थाको टिमले गाउँपालिका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव रुकुम पुर्वमा रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुगोस भने उदेश्यले केहि स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष कुसारीले बताउनुभयो । जिल्लामा रहेका आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापनको लागि प्रशासन मार्फत वितरण हुनेगरी जिल्ला प्रशासनलाई सामान हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चारहजार पिस कोभिट १९ सम्बन्धि पम्पलेट, कोभिट नियन्त्रण सम्बन्धि ८ वटा होडिङ बोर्ड, ४९ वटा सेनिटाइजर, ४ सय पिस सर्जिकल मास्क, दुई सय जोडा सर्जिकल पन्जा, ८ वटा डस्विन, ३० सेट स्वच्छता किट र एक हजार लिटरको एक वटा पानि टयाङकी वितरण गरिएको छ ।

उक्त सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष बरालले नेपाल जनजागरण मन्चले रुकुम पश्चिममा मात्र नभइ रुकुम पुर्वमा पनि कोभिट नियन्त्रणको लागि विगत देखि ठुलो सहयोग गरेको भन्दै नेपाल जनजागरण मन्च परिवारलाई धन्याबाद दिनुभएको थियो । कोभिट नियन्त्रण संगसंगै गरिवि निवारण जस्ता अन्य कुराहरुमा पनि आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।
यस्तै प्रजिअ राईले उपल्बध स्वास्थ्य सामाग्री जिल्लाका सवै सरोकारवाला निकायसंग समन्वय गरेर आइसोलेसन तथा क्वारेन्टाइनमा वितरण गर्ने बताउनुभएको छ । साथै उहाँले स्वास्थ्य सामाग्री वितरण गर्ने संस्था जनजागरण मन्चलाई धन्याबाद समेत दिनुभएको छ ।

स्वास्थ्य सामाग्रि वितरण तथा ग्रहण कार्यक्रममा गाउँपालिका अध्यक्ष बराल, प्रजिअ राई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, नेपाल जनजागरण मन्चका पदादिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, जिल्ला स्थित पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments