• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शहरीकरणमा अघि बढ्दै रुकुमपूर्व, गाडी मोटर किन्नेको संख्या बढ्दै




रुकुम पुर्वमा मोटरसाइकल किन्ने व्यक्तिहरुको संख्यामा बृद्धि हुदै गएको छ । नेपालीहरुका महान पर्व दशै र तिहार नजिकिदै गर्दा जिल्लामा मोटरसाइकल किन्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको हो ।

विगत दुइ वर्षअघि मोटरसाइकल खरिद गर्न रुकुम पश्चिम देखि दाङ र नेपालगन्जका विभिन्न स्वरुमसम्म पुग्ने रुकुम पुर्वका नागरिकहरुले अहिले रुकुमकोटबाट नै नयाँ मोटरसाइकल किन्ने गरेका छन । उनिहरुले सदरमुकाम रुकुमकोटमा रहेको बजाज कम्पनीको आधिकारिक विग्रेता एस एण्ड आर अटो पार्टस सेन्टर रुकुमकोबाट मोटरसाइकल खरिद गर्ने गरेका छन ।

देश संघियतामा गइ रुकुम पुर्व छुटै जिल्ला बनेपछि जिल्लाका विभिन्न ग्रामिन बस्ति सडक सञ्जालमा जोडिएसंगै जिल्लामा मोटरसाइकल किन्नेहरुको संख्या बढेको हो । गएको भदौ र असोज महिनामा मात्र १६ वटा भन्दा बढी मोटरसाइकल बिक्री भएको एस एण्ड आर अटो पार्टसका मार्केटिङ म्यानेजर यादब रेउलले जानकारी दिनुभएको छ । अझै केहि व्यक्तिहरुले मोटरसाइकलको अडर गरेको उहाँले बताउनुभयो । जिल्लामा एक मात्र बजाज कम्पनीको डिलर रहेको छ रेउलेले भन्नुभयो बजाज कम्पनीका मोटरसाइकल यहिबाट किन्ने गरेका भएपनि अन्य कम्पनीका मोटरसाइकलहरु भने जिल्ला बाहिरबाट किन्ने गरेका छन ।

हाम्रो जस्तो कम जनसंख्या भएको जिल्लामा दुई महिनामा १६ वटा मोटरसाइकल विग्री हुनु धेरै भएको जिल्लाका जानकारहरुले बताएका छन । पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुच पुगेसंगै यातायातका साधन खरिद गर्ने र सञ्चालन गर्नेहरुको संख्यामा वृद्धि हुदैँ आएको छ ।

Facebook Comments