• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा ५४ जनाको नेगेटिभ, १०२ जनाको रिपोर्ट आउन बाँकी




रुकुम पुर्वका ५४ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर बुझनको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा परिक्षण गरिएका ५४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । गएको असोज २२ र २३ गते जिल्लाका तिन गाउँपालिकाबाट एक सय ५६ जनाको स्वाब संकल गरिएकोमा ५४ जनाको रिपोट कोरोना नभएको आएको हो ।

गएको २२ र २३ गते पुथाका १५, भुमेका ८० र सिस्नेका ६१ गरी एक सय ५६ जनाको स्वाब संकलन गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको थियो । परिक्षणका लागि स्वाब दाङ पठाइए पनि दाङमा परिक्षण नभइपछि उक्त स्वाब रुपन्देहि पठाइएको थियो ।

संकलन गरिएका मध्य ५४ जनाको मात्र रिपोट आएको र अन्यको रिपोर्ट आउन बाकि रहेको स्वास्थ्य कार्यालय रुकुम पुर्वका कोरोना रोग फोकल पर्सन निमप्राद गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पुथाका १५ जना सवैको रिपोट नेगेटिभ आएको छ । यसैगरी भुमे गाउँपालिकाका ३९ जनाको नमुना परिक्षण गरिएकोमा ३९ जनाकै रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

भुमेका अन्य ४१ जना र सिस्ने गाउँपालिकाका ६१ जना सवैको स्वाब परिक्षण गर्न बाकि रहेको फोकल पर्सन गिरीको भनाई छ । अन्यको भोली साझसम्म रिपोर्ट आउन सक्ने उहाँले बताउनुभएको छ ।

Facebook Comments