• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरुको पीडा उजागर गर्दै राहत जुटाउने नेपाली आफै पीडामा, सहयोगको अपिल




सञ्चारकर्मी बलवीर नेपाली आफ्नो जीवन रक्षा गरिदिन अपिल गर्नुभएको छ ।

रोल्पा रुन्टीगढी ३ मसिना निवासी नेपालीले आफ्नो ज्यान बचाउँन सबैमा आग्रह गर्नुभएको हो । दुबै मृगौलामा समस्या आएपछि भारतको दिल्ली स्थित कर्मा आयुर्वेद आयुर्बेदमा उपचार गर्दै आएका नेपाली उपचार गर्ने पैसा नहुदा घर फिर्ता हुनुभएको छ ।

रेडियो गणतन्त्र राप्तीबाट पत्रकारिता शुरु गरेका नेपाली रेडियो झरनाहुँदै पछिल्लो राम्रो युट्यूबरको रुपमा स्थापित हुनुभएको थियो । युट्यूबटमार्फत अरुका पीडा उजागर गरेर राहत जुटाउने नेपाली अहिले आफै अभावमा परेर उपचारबाट वञ्चित हुनुभएको छ ।

उहाँको उपचारका लागि अहिले मासिक ४० हजार खर्च लाग्ने गरेको छ । घरको आर्थिक अबस्था कमजोर हुदा उपचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले सक्दो सहयोग गर्न अपील गर्नुभएको छ । अन्य व्यक्तिबाट संङकलित २ लाख रुपैयाँले अहिले उपचार भैरहेको भन्दै अझै १० लाख रुपैयाँ उपचारका लागि खर्च लाग्ने उहाँले जानकारी दिनुभयो ।

सहयोग गर्न चाहनेलार्य नेपालीले आफ्नो सेन्चुरी बैङ्कमा रहेको खाता नम्बर ०८६००००३८९ सी ५ वा मोवाईल नम्बर ९८२२८९६१२८,९८६२१०५८०७ ,९८५७८६२३७३ मा सम्पर्क गरी सक्दो सहयोग गर्न अपिल गर्नुभयो ।

Facebook Comments