• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोटको टिप्पर बिग्रियो, फोहोर थुप्रियो




यो हो मुसिकोट नगरपालिका वडा नम्वर १ मा रहेको मुख्य वजार तथा जिल्ला सदरमुकाम खंलगाको पुष्पलाल चोकमा थुप्रिएको फोहोर । नगरपालिकाले प्रत्यक दिन फोहोर उठाउने दावि गरे पनि यो चोकमा दैनिक जासो यसरी फोहोर थुप्रिएको देखिन्छ ।

नगरपालिकाले दैनिकरुपमा फोहोर उठाउने गरेको दावि गरे पनि वजार बासिले भने मुख्य चोकमा फोहोर थुपार्न छोडेका छैनन् । पुष्पलालचोक खंलगा वजारको मुख्य चोक हो । चोकमा रहेको फोहोरको थुप्रो र त्यहाँबाट आउने दुर्गन्धले एका तिर चोक क्रुप देखिएको छ भने अर्को तिर बजारमा किनमेलमा आउने मानिसलाई त्यत्तिकै असहज भएको छ ।

नगरपालिकालाई किन फोहोर नउठेको होला भनेर सोध्दा उसको जवाफ छ, फोहोर उठाउने टिप्पर बिग्रिएको छ । दई दिन पछि टिप्पर आउने र फोहोर उठाउने नगरपालिकाको भनाई छ । तर नगरपालिकाको टिप्पर बिग्रेको बेला चोकमा फोहोर फाल्नेहरुको पनि फोहोर उठाउने नसक्ने किन ? वजारमा हिन्नेहरुको प्रश्न यहि छ ।।

Facebook Comments