• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसरी बन्यो रुकुमपूर्व पूर्ण अर्गानिक जिल्ला




लुम्बिनी प्रदेशले रुकुम पुर्वलाई अर्गानिक जिल्ला घोषणा गरेको छ । प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले आज जिल्ला सदरमुकाम रुकुमकोटमा एक कार्यक्रमका विच रुकुम पुर्वलाई अर्गानिक जिल्ला घोषणा गर्नुभएको हो ।

अर्गानिक जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले प्रदेश सरकारको ध्यान प्रदेशका १२ वटा जिल्ला मध्य रुकुम पुर्वलाई कसरी सिङग्राने र समृद्ध जिल्ला बनाउने भने तर्फ केन्द्रित भएको बताउनुभएको छ । सुनको सिरानी राखेर नुन खोज्दै हिडने रुकुमका जनतालाई समृद्ध बनाउनकै लागि प्रदेशले अर्गानिक जिल्ला घोषणा गरेको उहाँले स्पष्ट पार्नुभयो ।

जिल्लामा यसअघि गरि राखिएका परम्परागत खेतिलाई व्यवस्थित ढंगले विकास गरी जिल्लाका सवै नागरिकलाई उद्यम व्यवसायमा आर्कषण गर्ने र रुकुमको अर्गानिक उत्पादन लुम्बिनी प्रदेशमा मात्र नभई कर्णाली र बाग्मति प्रदेशमा निर्यात गर्ने उदेश्यले अर्गानिक जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । कागजमा मात्र नभई व्यवहारिक रुपमा रुकुमलाई अर्गानिक बनाउन हरेक वडामा एक हरित स्वयमसेवकको व्यवस्था गरिनेछ मन्त्रि पौडेलले भन्नुभयो त्यसको लागि प्रदेश सरकारले काम अन्तिम चरणमा पुर्याएको छ ।

रुकुमलाई अग्रानिक जिल्ला बनाउन तिन वटै स्थानिय तहमा आरण व्यवस्थापन, भेडा बाख्रा मिसन कार्यक्रम, मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम, सञ्चालन हुनेछन । यसैगरी तरकारी प्रवद्धन कार्यक्रम, माटो सुधार कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, सुन्तला, स्याउ, ओखर, आलु, लसुन, टिम्मुर, मह उत्पादन कार्यक्रम सञ्चालन हुने छन ।

विषादि युक्त बस्तु उत्पादन गर्न किसानलाई प्रोत्साहन सहित प्रदेश सरकारले कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको मन्त्रि पौडेलले जानकारी दिनुभएको छ । रुकुम पुर्वलाई संघिय सरकारले यसअघि नै हिमाली जिल्ला घोषणा गरि सकेको छ ।

Facebook Comments