नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले तुलसीपुरलगायत पश्चिम दाङमा श्रमदान शुरु गरेका छन् ।
सोही क्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ८ कटकुइयास्थित सहिद परिवारको धान काटेका छन् ।
पार्टी केन्द्रीय समितिका सदस्य, प्रदेश सचिव एवं राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’सहित जिल्ला, नगर र वडास्तरका नेता कार्यकर्ताले सहिद अमृता चौधरीको खेतमा धान काटेका हुन् ।
कम्युनिष्टको संस्कार सामूहिक श्रममा आधारित भए पनि पछिल्लो समयमा यो क्रम टुटेकाले सामूहिक श्रम संस्कारको विकास गर्दै सहिद, घाइते, बेपत्ता परिवारलाई सहयोग गर्न कार्यक्रम गरिएको नेकपा तुलसीपुर ८ का अध्यक्ष बीरबहादुर ओलीले जानकारी दिनुभयो ।
सहिद अमृताका बुवा सन्तोष चौधरीले आफूहरुका छोराछोरीले देशका लागि बलिदान गरे पनि सहिद परिवारको खासै सम्मान हुन नसकेको भन्दै पार्टीले यसरी सम्झिरहे खुशी हुने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।