• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिम प्रहरीद्धारा चाडपर्व विशेष सुरक्षा योजना जारी




जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरेको छ । दशै, तिहार लगायतका चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधिलाई न्युनिकरण गर्नका लागि सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको प्रहरीले जनाएको छ ।

चाडपर्वमा हुनसक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी जिल्ला भरमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र सुधृढ गराउने गरी सुरक्षा योजना निर्माण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले जानकारी दिनुभयो ।

अन्य समयको तुलनामा चाडवर्पको अवसरमा बढी गतिविधि हुने गरेको र यो बेला सुरक्षा चुनौतिहरु धेरै हुने भएकाले सामान्य अवस्थाको तुलनामा थप योजनाका साथ अगाडि बढेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रम संचालनमा जोड दिएको छ ।

रेडियो, पत्रिका, सामुदायिक सेवा केन्द्र, नागरिक सञ्जाल, विभिन्न क्लव तथा संस्थाहरु मार्फत सुरक्षा विशेष जनचेतनामुलक कार्यक्रम संचालन गर्ने प्रहरीले जारी गरेको सुरक्षा योजनामा उल्लेख छ । त्यस्तै सूचना संकलन, विश्लेषण र योजना निर्माण, नागरीक र समाज सुरक्षा समितिहरुको गठनमा पनि प्रहरीले जोड दिएको छ ।

यसका साथै सरोकारवाला निकाय तथा संघसंस्थाहरु संग समन्वय र सहकार्य गर्ने, ट्राफिक सहितको चेकजाँच, निगरानी र अनुगमन गर्ने र जनशक्ति परिचालन रणनितिमालाई पनि विशेष जोड दिईएको छ । सामान्य अवस्थाको तुलनामा हाल जिल्ला भरमै बढी प्रहरी परिचालन भैरहेको डिएसपि केसीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका ५ ठाउँमा यात्रु सहायता कक्षा समेत स्थापना गरिएको छ । मुसीकोट ५ बागबजार, त्रिवेणि गाउँपालिका ३ र ६ को झुल्नेटा, बाँफिकोट गाउँपालिका ४ को छिन्खेत, आठबीसकोट नगरपालिका ९ को राडिबजार र चौरजहारी नगरपालिकाको चौरजहारी बजारमा यात्रुहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरेर त्यसमा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

यस्तै रुकुम पूर्व, सल्यान, जाजरकोट, रोल्पा र डोल्पाका सिमा क्षेत्रहरुका साथै जिल्लाका ग्रामिण वस्ती तथा दुर्गम क्षेत्रहरुमा लामो तथा छोटो दुरीका गस्ती, मोटरसाईकल र गाडिमा मोवाईल गस्ती, सादा पोशाकमा विशेष प्रहरी र नागरिक सुराकी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

साथै प्रहरीले सुरक्षा कायममा सहयोग गर्न नागरीकहरुलाई आग्रह पनि गरेको छ । प्रहरीले गरेको आग्रह पालना गर्ने देखि आफ्नो ठाउँमा कुनै अपराधिक गतिविधि भएको पाईएमा प्रहरीलाई खवर गर्नेसम्मका काम गर्न जिल्ला प्रहरी कार्यालयको आग्रह छ ।

प्रहरी दिवशको अवसरमा आज चाडवर्प विशेष सुरक्षा योजना जारी गरिएको हो ।

Facebook Comments