बिएलबि गेस्ट हाउसको आर्थीक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वले विद्यालयमा पुगेर विद्यार्थीलाई मास्क र सेनिटाईजर बितरन गरेको छ ।
रोना संक्रमणको जोखिमबाट बच्न विद्यालयमा मास्क, सेनिटाइजर वितरण गरेको हो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएको बेला स्वास्थ्य्य सुरक्षाका मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन भैरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरि त्रिभुवन जनता माबि छिप्रिदहमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
आज बिधालय मा पुगेर पाच सय पिस मास्क र सेनिटाईजर बितरन गरिएको हो ।
विएलवि गेष्ट हाउसका सञ्चालक विनोद केसीको आर्थिक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वका संयोजक रेवन खड्काले प्रधानाध्यापक मोहन बहादुर केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
संयोजक खड्काले कोरोनाको जोखिम कायमै रहेको यो समयमा विद्यालयका पठनपाठन सञ्चालन भइरहेकाले सहयोग पुगोस भनेर वितरण गरेको बताउनुभयो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विषयमा जनचेतना र स्वास्थ्य सामाग्री हस्तान्तरणको अभियान जिल्लाव्यापी रुपमा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।