• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विब्यस अध्यक्षद्वारा मास्क वितरण




विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका समाजसेवी केशवचन्द समालले मास्क वितरण गर्नुभएको छ । कोभिड संकटको अवस्थालाई मध्यनजर गर्दै समालले सम्पर्कमा आएकाजती जिल्ला भरीका सबै विद्यालय र रेडियोलाई मास्क वितरण गर्नुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत ३५ हजार खर्चबाट करिब ४१ सय मास्क वितरण गरेको बताउनुभएको छ । आज मात्रै उहाँले जिल्लाभरका ८ वटा विद्यालयलाई ५० वटा देखि एक हजार वटा पीससम्म मास्क वितरण गर्नुभएको छ । दश हजार थान मास्क वितरण गर्ने लक्ष रहेको पनि विव्यसअ समालको भनाई छ ।

कोरोना महामारीकै कारण लामो समयदेखि बन्द भएका शैक्षिक संस्थाहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सञ्चालन गनै निर्णय स्थानीय सरकारले गरेसँगै विद्यालयहरुमा केहि मात्रामा भएपनि राहात होस भनेर आफुले व्यक्रिगत रुपबाट मास्क सहयोग गरेको उहाँले बताउनुभयो ।

विद्यालयसँगै उहाँले रेडियो पूर्वी रुकुम र रेडियो रुक्मिणीलाई पनि मास्क उपलब्ध गराउनुभएको छ । आवश्यकताको आधारमा सम्पर्कमा आएका अन्य विद्यालयलाई पनि मास्क उपलब्ध गराउने समालको भनाई छ । उहाँले कोरोना संकटको बेलामा आफ्ना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालनाका साथै सहज रुपमा अध्यन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण अभिभावक वर्गमा आग्रह गर्नुभएको छ ।

Facebook Comments