• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाँच महिनाको प्रयासपछि तयार भयो नयाँ गन्तव्य सिस्ने राउण्ड




कोरोना संकटका कारण देशको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको बेला पश्चिम नेपालमा आशा जगाउने गरी एउटा नयाँ ट्रेकिङ गन्तव्यको अन्वेषण गरिएको छ ।

पाँचमा पर्ने रुकुमपूर्व तथा कर्णाली प्रदेशमा पर्ने पश्चिम रुकुमका तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहन दृश्यावलोन समेत गर्ने गरी नयाँ ट्रेकिङ रुट– ‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको छ । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङटाङभन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीहरुसमेत संलग्न अन्वेषण टीमले जनाएको छ ।

यो अन्वेषणको नेतृत्व सिस्ने हिमाली आरोही मनबहादुर खत्रीले गर्नुभएको छ । माउन्टेन गाइड\लिडर\इन्स्ट्रक्टर खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुमपश्चिमका आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिका तथा रुकुमपूर्वको सिस्ने गाउँपालिकाले सहयोग गर्दैछ । सरकार–संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ ।

गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो । पहिलेका कतिपय तथ्यांकसमेत प्रयोग गर्दैै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचानको आधारभूत काम सम्पन्न गरेको छ । प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दैछ, जुन संसारमै उपयुक्त गन्तव्य मानिन्छ ।

यो ट्रेकको विकास गर्ने हो भने थुप्रै बिदेशी पर्यटक भित्र्याउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा गाइड गरिसकेका खत्री भन्नुहुन्छ– ‘यो लाङटाङभन्दा राम्रो हुन्छ तर साविक मध्य र सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल नहुनु हाम्रो बिडम्बना हो ।’ अब पोरखा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यी विमानस्थलबाटै पर्यटन ल्याउनुपर्ने तर केही लामो गाडी यात्रा गराउनुपर्ने उहाँको अनुमान छ ।

पोखराबाट रुकुमकोट वा भैरहवाबाट दाङहुँदै रुकुम पु¥याउन पर्यटकलाई समय लाग्ने भए पनि सिस्ने राउण्ड देशकै आकर्षक ट्रेक हुने भएकाले पर्यटकको कमी नहुने उहाँको बुझाइ छ । ‘धेरै पर्यटक हिमाल पनि नचढ्ने तर हिमाल चढेकै अनुभव गर्न चाहन्छन्, त्यसको तीर्खा मेटाउन सिस्ने राउण्ड ट्रेक उपयुक्त हुनेछ’– खत्री भन्नुहुन्छ– ‘यी दुइ विमानस्थल चले, ट्रेकिङ रुटमा बाटो बन्यो र सबै ठाउँमा होटल खुले पनि सिजनमा दश हजार बिदेशी सजिलै भित्र्याउन सकिन्छ ।’

यस्तो छ १४ दिनको रुट तालिका
राडी आठबीसकोट–बञ्चरे
बञ्चरे–जलजला
जलजला–डम्माना
डम्माना–कोल्टी
कोल्टी–खाल्टी
खाल्टी–गुप्तदह
गुप्तदह–निगालटाटा
निगालटाटा–सिस्ने बेस क्याम्प
सिस्ने बेस क्याम्प– सिस्ने हाइ क्याम्प
सिस्ने हाइ क्याम्प– नौ दह (सानो कैलाश)
नौ दह (सानो कैलाश)–देउतीपाटन
देउतीपाटन–खोलापाटन
खोलापाटन–होलीकाँडा
होलीलीकाँडा–गोतामकोट–राडी आठबीसकोट

Facebook Comments