• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा सुध्रदै बजारको अवस्था




रुकुम पुर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा बजार अनुगमनलाई तिव्र पारिएको छ । सिस्ने गाउँपालिका, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र उद्योग वाणिज्य संघले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन ।

दशै र तिहार जस्ता चाडबाडहरु नजिकिदै गर्दा सामानको मूल्य वृद्धि गर्ने र म्याद गुज्ररेका गुणस्तरहीन सामानहरु बिक्रि बितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला सदरमुकाम रुकुमकोटमा रहेका खाद्यान्न, फेन्सी, जुत्ताचप्पल, हाडवर्यर, कस्मेटिक, किराना, पसलहरु अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत ताराप्रसाद शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार छिप्रिदह र चोकबजारका गरी ३२ वटा पसलहरुमा अनुगमन गरिएको छ ।

अनुगमन गरिएका पसलहरुमा विगतका वर्षहरु जस्तो यस वर्ष म्याद नाघेका सामानहरु नभेटिएको शर्माले बताउनुभयो । विगतका वर्षमा लाखौका म्याद नाघेका सामान नष्ट गरिएकाले यस वर्ष व्यापारीहरु सजक भएको पाइयो शर्माले भन्नुभयो चेतनाको विकासले पनि हुन सक्छ अनुगमनका क्रममा म्याद गुर्जिएका सामानहरु नभई म्याद भएका सामानहरु राखेको पाइएको छ ।

अनुगन गरिएका पसलहरुमा म्याद नाघेका सामानहरु राखेको नपाइए पनि केहि पसलहरुले सामान तौल्ने तराजु कम तौल भएका, केहिले मुल्य सुचि नराखेका र केहिले दर्ता विना पसल सञ्चालन गरेको पाइएकाले त्यस्ता पसल सञ्चालकहरुलाई सुधार गर्नुपर्ने कुरा सुधार गर्न र प्रकृया पुरागरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार हिजो १० वटा पसलहरुको अनुगमन गरिएको थियो । सिस्ने गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढाको अध्यक्षतामा सम्पन्न भएको बजार अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेल, उद्योग अधिकृत शर्मा, रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments