नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले तुलसीपुर क्षेत्रका संचार माध्यमहरुलाई स्वास्थ सामग्री प्रदान गर्नुभएको छ ।
आजको अभियानमा रेडियो हाइवे, रेडियो नयाँ युग, लमही न्यूज सेन्टर, संचारकर्मी निमबहादुर थापा, छबिलाल कोपिला, उदय आले, शिबु खनाल, दिवाकर पोख्रेल, प्रीया स्मृति गजमेर र श्रावण बस्नेतलाई सेनिटाइजर र मास्क वितरण गरिएको थियो ।
कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल बढाउन पूर्व अध्यक्ष पीडितले भाद्र २५ देखि यो अभियान शुरु गर्नु भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।