• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्यालापानी सामुदायिक वनको साधारणसभा, ज्येष्ठ नागरिकलाई सम्मान




घोराहि उपमहानगर पालिका वडा नं ४ स्थित स्यालापानि सामुदाकिय वन उपभोक्ता समूहको २५ औं साधारणसभा सम्पन्न भएको छ ।

सब डिभिजन बन कार्यलयका अधिकृत बिष्णु लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रमको अध्यक्षतामा समूहका अध्यक्ष नारायण प्रसाद शर्मा पन्थीले गर्नुभएको थियो ।
कार्यक्रमा जेष्ठ नागरिकद्वय ९३ वषर्षिय लिलाधर पुन र ९२ बर्षिया रम्बादेबि घर्तीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समूहको कार्यालय परिसरमा रुद्राक्ष विरुवा रोपेर कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा २०४२ सालदेखि हालसम्मका अध्यक्षहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।
समितिका महिला सदस्य अमिता पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष नारायण रेग्मीले ०७६ ७७ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सोहि अबसरमा लक्ष्मीपुर युवा क्लबका अध्यक्ष पंकज आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको यिो । कार्यक्रम मा दामोदर रेग्मी, युवराज आचार्य, प्रमोद पन्थी, कुलराज अधिकारीलगायतले बोल्नुभएकोथियो । कार्यक्रम संचालन सचिव कृष्ण आचार्यले गर्नुभएको थियो ।

Facebook Comments