कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविस्वासको प्रस्ताव दर्ता भएको छ ।
शाहीले संसदीय दल र प्रदेश सरकारको नेतृत्व प्रभावकारी ढंगले गर्न नसकेको भन्दै उनीहरुले संसदीय दलको विधान २०७५ को २४(१) बमोजिम १८ जना सदस्यले हस्ताक्षरसहित अविस्वास प्रस्ताव पेश गरेका छन् ।
साथै नियम २४ को उपनियम १, २, ३ र ४ अनुसार तत्काल संसदीय दलको बैठक आह्वान गरी मार्ग प्रशस्त गर्न माग समेत गरिएको छ ।
अविस्वासको प्रस्ताव दर्ता गर्ने सदस्यहरुमा नेकपाका कणाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलसहितका छन् । जसमा साविकको नेकपा एमाले र नेकपा माओवादीबाट निर्वाचित सांसदहरु पनि छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।