• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेटामा अत्याधुनिक शहीद पार्क निर्माण जारी, दुई वर्षभित्र सक्ने लक्ष्य




रुकुम पुर्वको सिस्ने गाउँपालिका २ नम्बर वडाको नेटामा अत्याधुनिक शहीद पार्क निर्माण कार्य जारी रहेको छ । तत्कालीन माओवादी जनयुद्धका क्रममा शहीद भएकाहरूको सम्झनामा अत्याधुनिक शहीद पार्क निर्माण कार्य जारी राखिएको हो ।

संघ प्रदेश र स्थानिय तह तिनवटै सरकारको संयुक्त लगानीमा नेटामा भव्य पार्क निर्माण कार्य जारी राखिएको वडा अध्यक्ष जिवन केसीले बताउनुभएको छ । १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका वडाका १४ जना शहितहरुको सम्झनामा नेटा शहीद पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाई आवश्यक भौतिक संरचना निर्माणको काम थालनी गरिएको केसीले बताउनुभयो ।

केसीका अनुसार गएको आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाको २७ लाख बजेटबाट नौ लाख रूपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार डिपिआर तयार पारिएको थियो, भने बाकि बजेटबाट एक हलसहित दुई कोठाको घर बनाइएको छ । यसैगरी पार्क बनाइने क्षेत्रलाई संरक्षण गर्न र विभिन्न भौतिक संरचना निर्माणका लागि मेसिनरी पर्खाल उठाउने काम भएको छ ।

जनयुद्धका बेलामा शहादत प्राप्त गर्ने वडाका शहीदको शालिक, गाउँपालिकाभरका शहीदको ताम्रपत्रमा शिलालेख, मौलिक कला र इतिहासको संरक्षणका लागि भवन निर्माणका साथै व्यावसायिक पर्यटकीय क्षेत्रको विकासका लागि भव्य नेटा शहीद पार्क निर्माण भइरहेको केसीको भनाई छ ।

तिप्तरा पुल देखि नेटा जानलाई रेलिङसहितको पक्की सिँढी र पदमार्ग पनि बनाउने योजना गरेका छौ अध्यक्ष केसीले भन्नुभयो ‘नेटा र तिप्तराको बीचमा शौचालय, प्रतीक्षालय, पिउने पानीको धारा निर्माण गर्ने योजनामा हामि छौ ।
यस आर्थिक वर्षमा वडाको चार लाख, गाउँपालिकाको ५४ लाख, प्रदेश सरकारको ५० लाख गरी एक करोड बढिको काम हुने वडा अध्यक्ष केसीले बताउनुभयो ।

पार्कको सवै काम सम्पन्न भएमा प्रवेशद्वार, टिकट घर, विद्युत, पिउने पानी, आरामदायी प्रतीक्षालय, पुराना कला संस्कृति झल्किने तस्विर र जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको तस्विर देख्न सकिने केसीले बताउनुभएको छ । उक्त पार्कको सम्पुर्ण निर्माण कार्य अवको दुई वर्षभित्र निर्माण गरि सक्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभएको छ ।

Facebook Comments