• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँगाउँमा पुग्दै नेकपाको एकता




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले पार्टी एकतालाई जनस्तरसम्म पुर्याएको छ । जसअनुसार उसले गाउँगाउँमा रहेका समितिहरुबीच पनि एकता गरेको छ ।

मुसीकोट ९ मा गरिएको भेलामा नेकपाका जिल्ला सदस्य शशिराम पुन, प्रदेश परिषद् सदस्य धनबहादुर खड्का, राष्ट्रिय युवा संघ रुकुमका जिल्ला सहसंयोजक हरिबोल भरती, नगर सहसंयोजक चुडामनि पुन, जिल्ला सदस्य अनिल खड्कालगायतले बोल्नुभएको थियो । भेलाले वडा संयोजक दिपेन्द्र बिक र सहसंयोजक युवराज ओली रहेको ३९ सदस्यीय वडा समिति गठन गरेको छ ।

त्यस्तै वडा नम्बर १० को भेलामा राष्ट्रिय युवा संघ मुसिकोट नगर सहसंयोजक चुडामनि पुन, पार्टी वडा अध्यक्ष धनबहादुर खड्का, युवा संघका जिल्ला सदस्य अनिल खड्कालगायतले बोल्नुभएको थियो । भेलाले नबराज खड्का संयोजक र सरोज सुनार सहसंयोजक रहेको ३७ सदस्यीय वडा समिति गठन गरेको छ ।

Facebook Comments