• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घनश्याम बुढाथोकीको स्मृतिमा ज्येष्ठ नागरिकलाई सहयोग




तत्कालीन नेकपा (एमाले) दाङका जिल्ला नेता स्व. घनश्याम बुढाथोकीको आठौं स्मृति दिवसको अवसरमा मंगलाबार घोराही १६ तेरौटेस्थित वृद्धाश्रमलाई विभिन्न सामग्री प्रदान गरियो ।

घनश्याम बुढाथोकी स्मृति प्रतिष्ठानको तर्फबाट अध्यक्ष छबिलाल वली, उपाध्यक्ष भुवन देवकोटा, कोषाध्यक्ष इन्द्रबहादुर बुढाथोकी एवं स्व. बुढाथोकीका बुवा आमा र पत्नीले वृद्धाश्रम व्यवस्थापक हिरा शाह र स्वास्थ इन्चार्ज बिमला खनाललाई हर्लिक्स १३ थान, स्याउ २ किलो, सेनिटाइजर २ थान, साबुन १२ थान र मास्क ५० थान हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष छबिलाल वलीले दाङको कम्युनिष्ट आन्दोलनमा स्व. घनश्याम बुढाथोकीको निकै महत्त्वपूर्ण योगदान रहेको बताउँदै जनताकी सेवामा समर्पित हुँदा स्व. बुढाथोकीले आफ्नो नीजी जीवन भताभुंग बनाएको चर्चा गर्नु भयो ।
तत्कालीन एमाले दाङ क्षेत्र नं. ३ को अध्यक्ष रहेका स्व. बुढाथोकीको २०५९ साल असोज १९ गते घोराहीमा पार्टी काममा जाँदा सडक दुर्घटनामा परी निधन भएको थियो ।

Facebook Comments