• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रुकुमपूर्वको अध्यक्षमा थापा




वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रुकुम पुर्वको अध्यक्षमा सुशील थापा मनोनित हुनुभएको छ । तरुणदल विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको मञ्चले रुकुम पुर्वको अध्यक्षमा जिल्लाको सिस्ने गाउँपालिका ५ निवासी थापालाई जिम्मेवारी दिइएको हो ।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफनो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत नेपालको सपना देख्ने युवाहरुको नतृत्व एव्म व्यक्तित्व विकास गर्दै जननायक विपी कोइरालाको समाजवादप्रति आस्था राख्ने युवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ विपीका विचारलाई आत्मसाथ गरी अघि बढाउनका लागि मञ्चले थापालाई रुकुम पुर्वको अध्यक्षमा मनोनित गरेको जिम्मेवारी पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न सामाजिक काममा अग्रसर हुदै आउनु भएका थापा युवाहरु माझ पनि परिचित हुदै आउनुभएको छ । अध्यक्षमा मनोनित भएपछि थापाले आगामी दिनहरुमा यस संस्थालाई अगाडि बढाउन आफुले निरन्तर प्रयास गर्ने बताउनु भएको छ ।

देशभर संगठन विस्तार गरिहेको मञ्चले रुकुम पुर्व सहित २६ वटा जिल्लामा अध्यक्ष मनोनित गरेको छ ।

Facebook Comments